अन्तराष्ट्रिय
आफ्नो मुलुकको २० प्रतिशत भूभाग रूसले कब्जा गरेको जेलेन्स्कीको दाबी
रूसले आफ्नो मुलुकको २० प्रतिशत भूभाग कब्जा गरेको युक्रेनी राष्ट्रपति भोलोलिदिमिर जेलेन्स्कीले दाबी गरेका छन् ।
युक्रेनका राष्ट्रपति जेलेनेस्कीले भने, ‘हाम्रो कूल भूभागको झण्डै २० प्रतिशत भूभाग रूसले कब्जा गरेको छ । देशको पूर्वी सिमा क्षेत्रमा पृथकतावादीहरूले कब्जा गरिरहेकै ठाउँमा रूसले कब्जा गरेको भनाइ छ ।
युक्रेनमा लामो समयदेखि युद्धरत पृथकतावादीहरुलाई पहिले पनि रुसको सहयोग र समर्थन रहेको युक्रेनले आरोप लगाउदै आएको छ ।
लक्जम्बर्गको संसद्मा सम्बोधन गर्दै युक्रेनी राष्ट्रपति जेलेनेस्कीले आफ्नो भूमि रक्षाका लागि आफुहरु सधैँ संघर्ष गरिरहनु पर्ने बताए । उनले निराश नहुन र कुनैपनि हालतमा पछाडि नहट्न सबैलाई आग्रह गरे ।