No Image Headlineअर्थमुख्य खबर

सार्वजनिक सवारीको भाडा २ प्रतिशतले घट्यो

यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारीको भाडा घटाएको छ । पेट्रोलियम पदार्थको मूल्य लिटरमा १० रुपैयाँका दरले घटेसँगै विभागले पनि यातायातको भाडा घटाएको हो ।

Patanjali Nepal
SweetMart Nepal

नेपाल आयल निगमले बिहीबार मात्रै पेट्रोलिम पदार्थको मूल्य लिटरमा १० रुपैयाँका दरले घटाएको थियो । यात्रुबाहक सवारीमा २ प्रतिशतले मूल्य घटेको छ ।

त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २.६ प्रतिशत र तराईका बाटोमा सञ्चालन हुने मालबाहक सवारीमा २.९ प्रतिशतले घटेको हो । सरकारले सार्वजनिक सवारीको भाडादर स्वचालित आधारमा व्यवस्था गर्दै आएको छ ।

इन्धनको मूल्य ५ प्रतिशतले बढेमा वा घटेमा विभागले सवारीको भाडादर समायोजना गर्दै आएको छ । 

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button