अन्तराष्ट्रिय

अमेरिकाको एक अस्पतालमा गोली चल्यो, ४ जनाको मृत्यु

Thrill Factory
Rungta Group

अमेरिकाको ओक्लाहोमाको तुल्सास्थित सेन्ट फ्रान्सिस अस्पतालमा बन्दुकधारीले गोली चलाउँदा कम्तीमा चार जनाको मृत्यु भएको छ।

एक साताअघि टेक्सासको एक विद्यालयमा भएको गोलीकाण्डलाई लिएर अमेरिकीहरू शोकमा डुबिरहेका बेला बुधबार फेरि गोली चलेको हो ।

आक्रमणमा बन्दुकधारी पनि मारिएका छन् । उनले आफैँलाई पनि गोली प्रहार गरे वा प्रहरी कारबाहीमा मारिए भन्ने बारेमा प्रष्ट भइसकेको छैन।

‘हामी सेन्ट फ्रान्सिस अस्पतालमा गोलाबारी गर्ने व्यक्तिसहित ४ जनाको मृत्यु भएको पुष्टि गर्न सक्छौं । अधिकारीहरूले अझै भवन खाली गरिरहेका छन् । थप जानकारी आउन बाँकी छ’, तुल्सा प्रहरीले आफ्नो आधिकारिक अकाउन्टबाट खाताबाट ट्वीट गरेको छ ।

आक्रमणबारे प्रहरीले राष्ट्रपति जो बाइडेनलाई जानकारी गराएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button