खबर फटाफट
बसको ठक्करबाट युवकको मृत्यु

सप्तरीको कंचनरुप नगरपालिका–१२ मा बसको ठक्करबाट एक युवकको घटनास्थलमै मृत्यु भएको छ ।



मृत्यु हुनेमा अन्दाजी ३० वर्षीय युवक रहेका छन् । मृतकको सनाखत हुन बाँकी रहेको छ ।



पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ८२५ नम्बरको बसले गए राति ९ बजे पैदलयात्रीलाई ठक्कर दिएको थियो ।



दुर्घटनामा संलग्न बससहित चालकलाई इलाका प्रहरी कार्यालय कंचनपुरले नियन्त्रणमा लिएको छ ।