खबर फटाफट

मोटरसाइकल चोरी आरोपमा दुई जना पक्राउ

झापामा  मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा दुई जनालाई प्रहरीले पक्रेको छ । चोरी भएको ४ थान मोटरसाइकल सहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

Patanjali Nepal
Sweet Mart Food

पक्राउ पर्नेहरूमा पाँचथर मिक्लाजुङ गाउँपालिका–५ बस्ने २१ वर्षीय चन्द्र कुमार योङवा र २० वर्षीय सुरेन्द्र भन्ने जिवन कुरुवाङ रहेका छन् ।

दमक नगरपालिका–६ नेपालीरिका होटल अगाडि पार्किङ गरी राखेको सोही नगरपालिका–४ बस्ने सुमन खड्काको मे. ११ प ५५१२ नम्बरको मोटरसाइकल शुक्रबार चोरी भएको थियो ।

चोरी भएको खबर प्राप्त हुनासाथ खोजी गर्ने क्रममा शुक्रबार बिहान सोही नगरपालिका–६ शंखधर चोकमा उनीहरूले उक्त मोटरसाइकल चलाई रहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

अनुसन्धान गर्ने क्रममा उनीहरूले थप ३ वटा मोटरसाइकलहरु विभिन्न स्थानबाट चोरी गरेको भन्ने खुल्न आएको छ । चोरी भएका प्र.१–०१–०१५ प ८६९० नम्बर, प्र.१–०१–०१४ प १२४० नम्बर, मे ८ प ९२९७ नम्बरका मोटरसाइकल पाँचथर मिक्लाजुङ गाउँपालिकाका विभिन्न स्थानबाट प्रहरीले फेला परी बरामद गरेको छ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button