अन्तराष्ट्रियअर्थ
रुसी तेल आयातमा रोक लगाउन युरोपेली राष्ट्रहरू सहमत
पूर्ण प्रतिबन्ध लगाउने कुरामा हङ्गेरीले विरोध जनाएपछि युरोपेली सङ्घका नेताहरू रुसी तेल आयातको दुई तिहाइभन्दा बढीमा रोक लगाउने एउटा योजनामा सहमत भएका छन्।
अब यो वर्षको अन्त्यसम्ममा ईयूले लगभग ९० प्रतिशत रुसी तेल आयातलाई कटौती गर्नेछ।
युरोपेली काउन्सिलका प्रमुख चार्ल्स मिशेलले यो सम्झौताले रूसी ‘युद्ध औजार’का लागि “ठूलो वित्तीय स्रोत” बन्द गरेको बताएका छन्। उनका भनाइमा यसले “रुसलाई युद्ध अन्त्य गर्न अधिकतम दबाव” दिएको छ।
उक्त प्रतिबन्ध ब्रसल्समा भएको शिखर सम्मेलनमा अनुमोदन गरिएको प्रतिबन्धको छैटौँ प्याकेजको हिस्सा हो। त्यसमा सबै २७ सदस्य राष्ट्रले सहमति जनाएका थिए।