खेल संसार

झापा फुटबल क्लब बी डिभिजनमा बढुवा

Thrill Factory
Rungta Group

ललितपुरको सातदोबाटोस्थित एन्फ कम्प्लेक्समा जारी शहीद स्मारक सी डिभिजन लिगमा दशौँ जित निकाल्दै झापा फुटबल क्लब बी डिभिजनमा बढुवा भएकोे छ ।

सोमबार दिउँसो भएको खेलमा झापाले वीरगञ्ज युथ एकेडेमीलाई ५–० गोल अन्तरले पराजित गरेर बी डिभिजनमा बढुवा भएको हो ।

झापाको जितमा पुजन राईले ४ र सन्तोष लावतीले १ गोल गरे । पुजनले खेलको १३ औँ मिनेटमा गोल गर्दै झापालाई अग्रता दिलाए । पुजनले व्यक्तिगत तथा झापाको लागि खेलको ६६ औँ मिनेटमा दोस्रो गोल गर्दै अग्रतालाई दोब्बर बनाए ।

खेलको ७४ औँ मिनेटमा पुजनले झापाको लागि तेस्रो गोल गर्दै आफ्नो ह्याट्रीक पुरा गरे । खेलको इन्जुरी समयमा सन्तोषले झापाको लागि चौथो गोल गरे ।

त्यसपश्चात झापाको लागि पाँचौँ गोल गर्दै पुजनले व्यक्तिगत चौथो गोल गरे । झापाका पुजन राई म्यान अफ द म्याच घोषित भए ।

१२ खेलमा १० मा जित निकालेको झापा ३१ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । झापाले आजको खेल जितेसँगै एक खेल अगावै नै बी डिभिजनमा बढुवा भएको हो । झापाले आफ्नो अन्तिम खेल स्वयम्भू क्लबसँग खेल्नेछ ।

प्लानिङ ब्वाईज यूनाईटेड र आरसी ३२ फुटबल एकेडेमी भने २८ अंकसहित क्रमशः तालिकाको दोस्रो र तेस्रो स्थानमा छन् । अब अन्तिम खेलमा झापा पराजित भए वा आरसी ३२ ले आफ्नो खेल जिते पनि झापा शीर्ष स्थानमा नै रहनेछ ।

झापाले १२ खेलमध्ये १० मा जित, १ मा पराजित भएको र १ बराबरी खेलेको हो । यता, वीरगञ्ज युथ एकेडेमी रेलिगेसनमा परेको छ । ओएसिस क्लब भने महावीर क्लबसँग पराजित भएलगत्तै रेलिगेट भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button