अर्थमुख्य खबर

संसदमा अगामी आर्थिक वर्ष २०७९/८० को बजेट पेश हुँदै

आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्य सुरू भएको छ ।अर्थमन्त्री जनार्दन ​​​​​​​शर्माले संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिरहेका छन्।

Patanjali Nepal
SweetMart Nepal

सरकारले कृषि उत्पादन कार्यक्रम लागू गर्न १० अर्ब रुपैयाँ विनियोजन गरेको छ । 

संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले संघ, प्रदेश र स्थानीय तहमा कृषि उत्पादन कार्यक्रम लागू गर्न १० अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिएका हुन् । 

साथै उनले कृषि उत्पादनको समर्थन मूल्य तोकिने पनि जानकारी दिए । गैरआवासीय नेपालीको लगानी भित्र्याउन वैदेशिक लगानी सम्बन्धी कानूनको व्यवस्था गरिने भएको छ । वैदेशिक कानूनकै अभावमा भित्रिन नसकेको यस्ता लगानी भित्रिए पश्चात् देशको आर्थिक अवस्था सुधारमा सहयोग मिल्ने विश्वास सरकारको छ ।

स्टार्टअपलाई सघाउने नीति लिएको छ । ठूला र मझौला उद्योगबाट स्टार्टअपलाई सघाउने गरी नीति ल्याउने घोषणा गरेका हुन् । सरकारले उद्यमशिलता दशक अभियानका लागि ३ अर्ब ४५ करोड रुपैयाँ विनियोजन गरेको छ ।  सरकारले जडीबुटी खेतीको बीमा गर्ने योजना ल्याउने भएको छ ।

 

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button