No Image Headlineदेशमुख्य खबर

तारा एअरको विमान मुस्ताङको लेतेमा दुर्घटना, उद्दारको लागि गएको हेलिकप्टर फर्कियो

Thrill Factory
Rungta Group

पोखराबाट तेस्रो उडानमा रहेको तारा एयरको जहाज पोखराबाट उडेर मुस्ताङको लेतेपास नजिक पुगेपछि सम्पर्कबिहिन भएको खुलेको छ । सोही स्थानमा विमान दुर्घटनाग्रस्त भएका सूचना आएका छन् ।

पोखरा विमानस्थलका प्रवक्ता देवराज सुवेदीका अनुसार लेते पाससम्म पुग्दा पोखरा विमानस्थलको टावरसँग सम्पर्कमा रहेको जहाज त्यसपछि जोमसोमको टावरसँग सम्पर्कमा आउनु पर्ने थियो । तर त्यसपछि सम्पर्कमा आएको देखिएन ।

उनका अनुसार अहिले जोमसोममा रहेको प्रभु हेलिकोप्टरको जहाज खोजीमा उडेको छ । मौसम सामान्य नै देखिएको रिर्पोटिङ आएको उनले जानकारी दिए ।

उनका अनुसार यो जहाज आइतबार विहान तेस्रो उडानका क्रममा रहेको थियो । मौसम सामान्य रहेका कारण अघिल्ला उडानहरू सहजै भएको उनले बताए ।

जहाज खोजीमा परिचालन भएको हेलिकप्टर मौसम खराब भएपछि फर्किएको छ । नेपाल नागरिक उड्डन प्राधिकरणका अनुसार विमानको अवस्थाबारे खोजतलासका लागि फिस्टेल हेलिकप्टरलाई पठाइएकोमा प्रतिकुल मौसमका कारण उक्त हेलिकप्टर जोमसोम फर्किएको छ ।

पोखराबाट विहान ९ः ५५ बजे जोमसोमका लागि १९ यात्रु र ३ चालक दलका सदस्यसहित उडेको तारा एयरको ट्वीन अटर (एनएईटी) विमान अन्तिम पटक जोमसोम विमानस्थलको टावरसँग १०ः०७ बजे म्याग्दीको घोडेपानीबाट सम्पर्कमा आएको थियो । त्यसपछि सम्पर्कविहीन भएको नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले विज्ञप्तिमार्फत जनाएको छ ।

विमानको खोजी तथा उद्धारका लागि काठमाडौं, पोखरा र जोमसोम विमानस्थलमा हेलिकप्टरहरु तयारी अवस्थामा राखिएको प्राधिकरणले जनाएको छ ।

मौसममा सुधार हुनासाथ हवाइ मार्गबाट खोजी सुरु गरिने र विमानको खोजीका लागि स्थल मार्गबाट नेपाली सेना र नेपाल प्रहरी घोडेपानीतर्फ प्रस्थान गरिरसकेको प्राधिकरणले विज्ञप्तिमा उल्लेख गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button