No Image Headlineअर्थ

बारा-पर्सा औद्योगिक कोरिडोरमा श्रमिक अस्पताल निर्माणको पहल, कहिले बन्छ अस्पताल ?

Thrill Factory
Rungta Group

देशकै मुख्य औद्योगिक कोरिडोर बारा–पर्सामा श्रमिक अस्पताल निर्माणको पहल शुरू भएको छ । बारा–पर्साका उद्यमी, व्यापारीको संस्था वीरगञ्ज उद्योग वाणिज्य संघले यो पहल थालेको हो ।

सरकारले मुख्य औद्योगिक कोरिडोरमा श्रमिक अस्पताल निर्माणको सम्भाव्यता अध्ययन गरिरहेको छ । संघले बारा–पर्सामै यो अस्पताल निर्माणको पक्षमा पहल गरिरहेको संघका उद्योग समिति संयोजक हरि गौतमले जानकारी दिए । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पत्र पठाएर यस्तो आग्रह गरेको संघका उपाध्यक्षसमेत रहेका गौतमले बताए ।

बारा–पर्सा औद्योगिक कोरिडोर नेपालको सबैभन्दा ठूलो औद्योगिक क्षेत्र भएकाले यस क्षेत्रमा श्रमिक अस्पताल अनिवार्य भएको संघका अध्यक्ष डा. सुवोधकुमार गुप्ताले बताए । संघीय राजधानी काठमाडौंबाट नजिकै रहेको र औद्योगिक तथा व्यापरिक पूर्वाधारसहितको ठूलो कोरिडोर भएकाले पनि बारा–पर्सामा अस्पतालको आवश्यकता बढेको गुप्ताको भनाइ छ ।

‘वीरगञ्जमा नयाँ औद्योगिक क्षेत्र स्थापनाको प्रक्रिया पनि अघि बढेकाले आगामी दिनमा यो क्षेत्रमा थप उद्योग विस्तार हुनेछन्,’ गौतमले भने, ‘औद्योगिक क्षेत्रमा कार्यरत मजदुर, कर्मचारी, तिनका परिवार र स्थानीयको स्वास्थ्य उपचारका लागि अस्पताल निर्माणको पहल गरिएको हो ।’

औद्योगिक कोरिडोरमा अहिलेसम्म एउटा पनि सुविधासम्पन्न सरकारी अस्पताल नभएको भन्दै संघले सरकारलाई अस्पताल निर्माणका लागि आग्रह गरेको छ । मन्त्रालयको टोलीले संघसँग वीरगञ्जमै आएर यसरबारे सर्वपक्षीय छलफल गरिसकेको छ ।

मन्त्रालयले अस्पतालका लागि चाहिने जग्गाको उपलब्धताबारे संघसँग जिज्ञासा राखेको थियो । अस्पतालको लागि वीरगञ्ज चिनी कारखानाको सिमरास्थित जग्गा वा कारखानाकै नाममा वीरगञ्जमा रहेको ५२ बिघा विकल्पको रुपमा सुझाइएको गौतमले जानकारी दिए । जीतपुर सिमरा उपमहानगरपालिका वडा नं. ३ स्थित २३ बिघा सार्वजनिक जग्गामा पनि निर्माण गर्न सकिने संघले सुझाएको थियो ।

हजार बेड क्षमताको अस्पताल बनाउने योजना सरकारको छ । यो क्षेत्र काठमाडौंबाट नजिक रहेकोले विशेषज्ञ डाक्टरको सेवा लिन सजिलो हुने पनि सरोकारवाला बताउँछन् । आर्थिक अभियनबाट 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button