अर्थमुख्य खबर

आज संसदमा अर्थमन्त्रीले बजेट पेश गर्दै, कत्रो होला बजेटको आकार ?

Thrill Factory
Rungta Group

सरकार आगामी आर्थिक वर्ष ०७९ ८० को बजेट आज ल्याउदैछ । हरेक वर्ष जेठ १५ गते संघीय संसदमा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक प्रावधान छ ।

आइतबार दिउँसो ४ बजे संघीय सदनको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण गर्नेछन् । आजको बैठकमा सांसदहरुलाई समयअगावै उपस्थित हुन सभामुखले आह्वान गरेका छन् । आगामी आव २०७९ /०८० का लागि सरकारले १७ खर्ब रुपैयाँ बराबरको आयव्यय विवरण पेश गर्ने तयारी गरेको छ ।

बैठकमा अर्थमन्त्री शर्माले आर्थिक विधेयक, विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक पनि पेस गर्ने कार्यसूची छ।

योजना आयोगले आगामी आवको बजेटका लागि १७ खर्ब ४५ अर्बको सीमा निर्धारण गरिदिएको थियो।

शनिबार प्रतिनिधि सभाले आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको थियो।

शनिबार बसेको प्रतिनिधि सभाको बैठकले बहुमतबाट नीति तथा कार्यक्रम पारित गरेको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button