No Image Headlineदेश

भरतपुरकी मेयर रेनु सवारी दुर्घटनामा घाइते

Thrill Factory
Rungta Group

चितवनको भरतपुर महानगरकी नवनिर्वाचित मेयर रेनु दाहाल सवारी दुर्घटना परी घाइते भएकी छन् ।

शुक्रबार दिउँसो उनी चढेको गाडी ललितपुरको स्टाफ कलेज नजिकै दुर्घटनामा परेको हो । उनी सवार प्रदेश ३-०१-०२३ च ७३१८ नम्बरको गाडी टायर पञ्चर भएर बिजुलीको पोलमा ठोक्किएको र दाहाललाई टाउकोमा सामान्य चोट लागेको जनाइएको छ ।

रेनुलाई उपचारका लागि सुमेरू अस्पतालमा भर्ना गरिएको छ । दाहालको टाउकोमा चोट लागेको छ । उपचारको क्रममा टाउकोमा केही टाँका लगाइएको, अवस्था भने खतरामुक्त रहेको बताइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button