No Image Headlineदेश
१२ जना कोरोना संक्रमित थपिदा १३ जना संक्रमणमुक्त

नेपालमा विगत २४ घण्टामा थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार दिएको जानकारी अनुसार २ हजार २३८ पीसीआर परीक्षणमा ८ जना र १ हजार १४९ एन्टिजेन परीक्षणमा ४ जना गरी कुल १२ जनामा भाइरसको संक्रमण देखिएको हो ।


त्यस्तै, विगत २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १२४ पुगेको छ । यसैगरी, शुक्रवार १३ जना निको भएसँगै हालसम्म ९ लाख ६७ हजार ३७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । नेपालमा कोरोना संक्रमण निको हुने दर ९८ दशमलव ८ प्रतिशत रहेको छ ।