No Image Headlineअर्थ

भारतले भटमासको तेलमा सीमा शुल्क हटाएपछि संकटमा नेपालका तेल उद्योग

तले विदेशबाट आयात हुने भटमासको तेलमा लगाउँदै आएको सीमा शुल्क (भन्सार दर) हटाएपछि अब नेपालबाट यस्तो तेल निकासी नहुने भएको छ ।

Patanjali Nepal
SweetMart Nepal

भारतले बजार मूल्य घटाउन यस्तो नीति लिएपछि तेस्रो मुलुकबाट कच्चा पदार्थ मगाएर तेल निकासी गर्दै आएका नेपालका तेल उद्योग प्रभावित भएका हुन् ।

यसअघि भारतले विदेशबाट आयात हुने भटमासको तेलमा ४५ प्रतिशतसम्म भन्सार महसुल लगाएको थियो । नेपालले १० शून्य भन्सारमा भारत निकासी गर्दा प्रतिस्पर्धा सहज भएको थियो । अब त्यो अवसर बन्द भएको वीरगञ्जको अन्नपूर्ण भेजिटेबल प्रडक्टका सञ्चालक प्रभुदयाल अग्रवालले बताए ।

उनका अनुसार भारतले बुधवारदेखि त भटमास तेलमा भन्सार नै नलाग्ने घोषणा गरेको छ । अब भारतका व्यापारीले अन्य मुलुकबाट आयात गर्ने भटमास तेलमा पनि भन्सार लाग्ने छैन । त्यो अवस्थामा नेपालबाट हुने निर्यात थप प्रभावित हुने उद्यमी सुरेश रुंगटा बताउँछन् ।

 

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button