अर्थखबर फटाफट

पेट्रोलियम पदार्थको मूल्य घटाउन वीरगञ्ज उद्योग वाणिज्य संघको माग

Thrill Factory
Rungta Group

वीरगञ्ज उद्योग वाणिज्य संघले पेटोलियम पदार्थमा बढाइएको मूल्य घटाउन माग गरेको छ । संघले बुधबार यस्तो माग गरेको हो ।

यही जेष्ठ १० गतेदेखि विभिन्न ट्रक व्यवसायी सङ्घहरुले पेट्राल/डिजेलको मूल्य बृद्धि भएको अनुपातमा ढुवानी भाडा बढ्नु पर्छ भनी गरेको हड्तालमा संघको ध्यान आकृष्ट भएको पनि संघले बताएको छ ।

‘नेपाल सरकारले ७ दिनको अन्तरमा प्रति लिटर २० रुपैया पेट्रोलमा मूल्य बृद्धि गर्नु कुनै पनि दृष्टिकोणबाट जायज होइन । पेट्रोलियम पदार्थमा लाग्ने भंसार संघले महसुल घटाउनुका साथै केही वर्षदेखि बुढी गण्डकी विद्युत आयोजनाका लागि प्रति लिटर रु. १० लिइएको कर घटाई जनसरोकार र महँगी नियन्त्रणसँग प्रत्यक्ष सम्बन्ध भएको पेट्रोलियम पदार्थको बढेको मूल्य तत्काल फिर्ता लिनु पर्दछ,’ संघका अध्यक्ष सुवोधकुमार गुप्ताले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

ट्रक व्यवसायीहरूलाई पनि यस्तो सम्वेदनशील विषयमा हड्तालभन्दा वार्ताको माध्यमबाट समस्या समाधानको लागि संघले अपिल गरेको छ ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button