खेल संसार

राजस्थानलाई हराउँदै गुजरात आईपीएल क्रिकेटको फाइनलमा

Thrill Factory
Rungta Group

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सलाई हराउँदै नवप्रवेशी गुजरात टाइटन्स फाइनलमा प्रवेश गरेको छ।

मंगलबार राति भएको पहिलो क्वालिफायरमा गुजरातले राजस्थानलाई ७ विकेटले हराएको हो । राजस्थानले दिएको १ सय ८९ रनको लक्ष्य गुजरातले १९ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्‍यो।

गुजरातको जितमा डेभिड मिलरले६८ रनको अर्धशतकीय इनिङ्स खेले भने कप्तान हार्दिक पाण्डयले ४० रन जोडे। राजस्थानका ट्रेन्ट बोल्ट र ओबेड म्याकक्वेले १–१ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८८ रन बनाएको थियो।

राजस्थानलाई पनि फाइनल पुग्ने अवसर रहेको छ। अब राजस्थानले इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ।

इलिमिनेटरमा लखनउ सुपर जाइन्ट्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुनेछ

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button