कला/साहित्य

‘अभिन्न’ को ट्रेलरमा यस्तो देखिए कार्म

Thrill Factory
Rungta Group

फिल्म ‘अभिन्न’ को पोस्टर सार्वजनिक गरे लगत्तै निर्माण पक्षले ट्रेलर पनि सार्वजनिक गरेको छ ।

दार्जिलिङ सहर डुलिहिँड्ने एक अपांग व्यक्तिले भोगेको जीवनकथा र उसलाई सघाउने कुकुरको चरित्रलाई प्रस्तुत गरिएको फिल्म सन् २००८ मा लैनसिंह वाङ्देलद्वारा लिखित चर्चित उपन्यास  ‘लंगडाको साथी’ मा आधारित छ । फिल्ममा अभिनेता कार्मको मुख्य भूमिका रहेको छ । 

ट्रेलरमा मुख्य अभिनेता कार्मलाई दार्जिलिङ सहरमा डुलिरहने एक अपांग व्यक्तिको चरित्रमा देख्न सकिन्छ । फिल्मलाई प्रशान्त रसाइलीले निर्देशन गरेका हुन् । छायांकन सकिएको फिल्मको पोस्ट प्रोडक्सनमा रहेको र यसलाई फेस्टिभलमा फिल्म पठाउने तयारी भइरहेको छ ।

वाङ्देल एण्ड शाक्य प्रोडक्सनको प्रस्तुति रहेको फिल्मलाई विभाकर शाक्यले निर्माण गरेका हुन् । दार्जिलिङकै परिवेशमा छायांकन गरिएको फिल्मलाई  फिल्ममा रञ्जित गजमेरको संगीत रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button