No Image Headlineदेश

मेयर राजेशमानलाई निवर्तमान मेयर सरावगीको बधाई, वीरगञ्जको विकासमा साथ रहने प्रतिवद्धता

Thrill Factory
Rungta Group

वीरगञ्ज महानगरका निवर्तमान मेयर विजयकुमार सरावगीले हालै निर्वाचित मेयर राजेशमान सिंहलाई बधाई दिँदै वीरगञ्जको विकासका सवालमा आफ्नो सक्रियतामा कुनै कमी नआउने स्पष्ट पारेका छन् ।

निर्वाचनमा एमालेबाट मेयरको उम्मेदवार बनेका सरावगी जसपाका राजेशमानसँग पराजित भएपछि आफ्नो फेसबुकमार्फत शुभकामना दिएका हुन् । निर्वाचित उपमेयर इम्तियाज आलमलगायत सम्पूर्ण निर्वाचित जनप्रतिधिलाई बधाई दिँदै मतदानमा सहभागी वीरगञ्जका बासिन्दा र निर्वाचन सफल बनाउन खटिएका कर्मचारी, सुरक्षाकर्मी र दलका नेता तथा कार्यकर्ताप्रति आभार प्रकट गरेका छन् ।

यसो भने सरावगीले : 

स्थानीय सरकार निर्माणको महाअभियान स्थानीय चुनावबाट वीरगञ्ज महानगरको प्रमुखमा निर्वाचित हुनु भएका श्री राजेशमान सिंह ज्यू र उपप्रमुख इम्तियाज आलम ज्यूलगायत सम्पूर्ण वडाध्यक्ष तथा नगर परिषद् सदस्य ज्यूहरूलाई हार्दिक बधाई तथा कार्यकाल सफलताको कामना व्यक्त गर्दछु ।

आवधिक निर्वाचनमार्फत जनताले चुनेका जनप्रतिनिधिबाट शासन सञ्चालनको प्रबन्ध लोकतन्त्रको सुन्दर पक्षमात्र होइन, मूल चरित्र हो । वीरगञ्जका मतदाताले स्थानीय चुनाव २०७९ मार्फत प्रकट गर्नुभएको अभिमतको म उच्च सम्मान गर्दछु । साथै संघीयता कार्यान्वयनको शुरुआति चरणमा २०७४ साल असोजमा भएको चुनावमार्फत मलाई करीब ५ वर्षसम्म नगरप्रमुखको रुपमा महानगर र यहाँहरूको सेवामा समर्पित हुने मौका दिनुभयो, त्यस निम्ति म पुनः अभार प्रकट चाहान्छु ।

हामीलाई थाहा छ, संघीयता कार्यान्वयनको पहिलो कार्यकाल मूलतः कानूनी पूर्वाधार निर्माणको समय थियो । महानरको सीमित स्रोत र साधनका बाबजुद हामीले विकास र परिवर्तनका अपेक्षाहरूको सम्बोधन खोज्नुपर्ने थियो । महानगर भौतिक, आर्थिक र सामाजिक विकासको गतिमा अघि बढ्दै गर्दा विश्वलाई नै कोरोना महामारीले बिथोल्यो । जसको दुष्चक्रबाट हामी पनि मुक्त रहन सकेनौं । यहाँहरूको साथ, सहयोग, समन्वय र धैर्यकै बलमा हामीले कोरोना नियन्त्रणमा देशमै नमूना काम गर्न सक्यौं । तहगत सरकार सञ्चालनको शुरूआति अन्योल, कानून तथा जनशक्ति अभाव र त्यसको व्यवस्थापन, कोरोना महामारीजस्ता कारणले सोचेजति गर्न नसकिए पनि यस असहज अवस्थाकै बीचमा वीरगञ्जमा विकास निर्माणका थुप्रै काम भएका छन् ।

अब वीरगञ्जको वृहत्तर विकासको आधार तयार भइसकेको छ । वीरगञ्ज विकासको तीव्र गतिमा दौडिन सक्ने अवस्थामा पुगेको छ । मैले महानगरको प्रमुखको रुपमा यहाँहरूको सेवामा समर्पित रहेर पाएको अनुभवलाई महानगरको सापेक्ष विकासमा उपयोग गर्ने उद्देश्यकासाथ पुनः तपाईहरूको बीचमा आएको थिएँ । आदरणीय नगरवासीले मतादेशमार्फत स्थापित गर्नुभएको नेतृत्व परिवर्तनको चाहानाप्रति म सम्मान व्यक्त गर्दछु ।

यो चुनावी महाअिभयानमा विभिन्न कठिनाइहरूलाई सामना गर्दै सक्रियतापूर्वक सहभागी हुनुभएका सम्पूर्ण वीरगञ्जवासी मतदाता, कर्मचारी, सुरक्षाकर्मीहरू, नेकपा एमालेका नेता तथा कार्यकर्ता, सहयोगी एवम् शुभेच्छुकहरूमा म कृतज्ञता प्रकट गर्न चाहान्छु । स्थानीय सरकारको रुपमा पहिलो कार्यकालमा महानगरले तयार पारेका विकासका आधारहरूलाई अबको नयाँ नेतृत्वले थप परिस्कृत र प्रभावकारी बनाउँदै लैजाने छ भन्ने मैले विश्वास लिएको छु, त्यस निम्ति मेरो शुभेच्छामात्र होइन, निरन्तर सहयोग रहने छ ।

यसअघि मलाई नगर प्रमुखमा जिताएर नगरको नेतृत्वको मौका प्रदान गर्नुहुने नगरवासी दिदीबहिनी दाजुभाई र सहयोगी सम्पूर्णमा त्यो साथ, समर्थन र सहयोगका निम्ति हार्दिक अभार प्रकट गर्दछु । चुनावी प्रतिस्पर्धा र यसको परिणाम जे जस्तो भए पनि नगरको विकास र समृद्धिको अभियानमा म सधैं यहाँहरुको साथमा रहने छु ।

विजयकुमार सरावगी
निवर्तमान नगर प्रमुख
वीरगञ्ज

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button