अन्तराष्ट्रिय

अमेरिकी राष्ट्रपति बाइडन भन्छन् ‘ताइवानको बारेमा चीन खतरासँग खेल्दैछ’

Thrill Factory
Rungta Group

अमेरिकी राष्ट्रपति जो बाइडनले चीनले ताइवान मामिलामा “जोखिमसँग जिस्किरहेको” चेतावनी दिएका छन् र त्यहाँ चीनले अतिक्रमण गरेको खण्डमा उक्त टापुको रक्षा गर्न सैन्य हस्तक्षेप गर्ने वाचा गरेका छन्।

जापानमा बोल्दा उनी यस क्षेत्रमा लामो समयदेखि यथावत् अमेरिकी नीतिभन्दा फरक सुनिए। यद्यपि ह्वाइट हाउसले त्यहाँ कुनै नीतिगत परिवर्तन नगरिएकोमा जोड दिएको छ।

बाइडनले ताइवान र युक्रेनमा रुसको आक्रमणबीच तुलना गरे जसबारे बेइजिङले क्रोधित प्रतिक्रिया जनाएको छ। अमेरिकी राष्ट्रपतिका रूपमा उनी आफ्नो पहिलो एसिया भ्रमणमा छन्। उनी क्षेत्रीय मित्र राष्ट्रहरूको भ्रमण गर्दैछन्।

चीनले ताइवानलाई आफ्नो अलग्गिएको प्रान्तको रूपमा व्याख्या गर्छ र त्यो मुख्य भूमिसँग पुनः एकीकरण हुनुपर्ने बताउँदै आएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button