No Image Headlineखबर फटाफटमुख्य खबर

पेट्रोलियमको मूल्य बढाएकोमा विद्यार्थीको आक्रोश, आयल निगम खोरेजीको माग

Thrill Factory
Rungta Group

नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको विरोधमा वीरगञ्जको घण्टाघरमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।

निगमले हप्तामै २ पटक मूल्य बढाएर जनताको ढाड भाँच्ने काम गरेको भन्दै नेपाल विद्यार्थी संघ ठाकुरराम इकाइले सोमबार प्रदर्शन गर्दै आयल निगम खारेजीको मागसमेत गरेको छ ।

आफ्ना कर्मचारीको सेवा र सुविधामा कुनै सम्झौता नगर्ने निगमले मूल्य बढाएर नेपालमा पेट्रोलियमको मूल्य भारतको भन्दा पनि बढी बनाएको इकाइ अध्यक्ष मनोज साहले बताए । उनले इन्धनमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग पनि गरे ।

निगमले आइबार मध्यरातदेखि लागू हुने गरी पेट्रोलको मूल्य १८०, डिजेल र मट्टितेलको मूल्य १६४ रुपैयाँ पु¥याएको छ । खाना पकाउने ग्यासको मूल्यसमेत प्रतिसिलिण्डर २०० रुपैयाँ बढाएर १८०० रुपैयाँ पु¥याएको छ ।
विद्यार्थीहरुले आपूर्ति मन्त्रालय होसियार, असक्षम आयल निगम मुर्दावाद, जनता मार्न पाइदैन, मुल्य वृद्धि चाहिदैन भन्दै नारा लगाएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button