No Image Headlineदेशमुख्य खबर

हप्तामै २ पटक मूल्य बढाएपछि भारतमा भन्दा नेपालमा इन्धन महँगो

भारतमा इन्धन महँगो भएकाले नेपालका सीमावर्ती क्षेत्रबाट ठूलो परिमाणमा भारततर्फ अवैध निकासी भइरहेको दाबी उनीहरूको थियो ।

Patanjali Nepal
SweetMart Nepal

तर, अहिले अवस्था उल्टो भएको छ । अब सीमावर्ती भारतीय बजारभन्दा नेपालमा पेट्रोलियम पदार्थ महँगिएको छ । नेपाल आयल निगमले आइतबार मध्यरातदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएसँगै अब भारतभन्दा नेपालमा मूल्य बढी भएको हो ।

भारत सरकारले कोरोना महामारी र मूल्यवृद्धिका कारण समस्यामा परेका न्यून आयस्तर भएका जनतालाई राहत दिन मूल्य घटाएपछि नेपालको इन्धन महँगो भएको हो ।

गत शनिवार भारतले पेट्रोल र डिजेलमा अन्तशुल्क घटाएपछि यी दुवै इन्धनको मूल्य क्रमशः भारू ९.५ र ७ ले घटेको छ ।  भारत सरकारको यो निर्णयसँगै त्यहाँको इन्धन नेपालको तुलनामा सस्तिएको हो ।

यता नेपाल आयल निगमले घाटा बढेको भन्दै निरन्तर मूल्य बढाउँदै आएको छ । निगमले एक सातामै २ पटक भाउ बढाएको छ ।

नेपालमा अब पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ पुगेको छ । त्यस्तै डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १६३ तोकिएको छ ।

भारतीय आयल निगमका अनुसार छिमेकी भारतको बिहार राज्यमा पेट्रोल डिजेल र मट्टीतेलको भाउ क्रमशः भारू १०९.०१, ९४.४ र ७०.६८ छ । यो नेपाली रुपैयाँ क्रमशः १७४.४, १५१.०४ र ११३.९ हुन्छ । भारतमा त्यहाँका जनताले सहुलियत दरको मट्टीतेल भारू २९ (४६.४ रुपैयाँ)मा पाउँछन् ।

नेपाल आयल निगमले खाना पकाउने एलपीजी प्रतिसिलिण्डर (१४.२ किलो) को मूल्य एकै पटक २०० रुपैयाँ बढाएर १८ सय रुपैयाँ पुर्याएको छ । भारतको बिहारमा यही परिमाणको ग्यास भारू १०९२.५ (१ हजार ७४८ रुपैयाँ) मा उपलब्ध हुन्छ।आर्थिक अभियानबाट

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button