देशमुख्य खबर

स्थानीय निर्वाचन वीरगञ्जमा सत्ता गठबन्धनका उम्मेदवार सिंहको १९ हजार बढी मतको अग्रता

Thrill Factory
Rungta Group

मधेस प्रदेशको एकमात्र महानगर वीरगञ्जको मेयरमा गठबन्धनका उम्मेदवार राजेशमान सिंहले ३८ हजार ४३७ मतसहित अग्रतालाई निरन्तरता दिएका छन् ।

सिंहले नेकपा एमालेबाट उम्मेदवार रहेका निवर्तमान मेयर विजयकुमार सरावगीलाई १९ हजारभन्दा बढी मतले पछि पारेका छन् । जारी मतगणनाको पछिल्ली विवरणअनुसार ७७ हजार ५७७ मत गनिसक्दा कांग्रेसका सिंहले सो मत पाएका हुन् ।

उनका प्रतिद्धन्द्धी निवर्तमान मेयर एवं नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका विजयकुमार सरावगी १९ हजार ६७९ मतसहित दोस्रो स्थानमा छन्। राप्रपाका गिरीश गिरीले २ हजार ८५७ मत पाएका छन् ।

उपमेयर पदमा पनि गठबन्धनकै उम्मेदवार कांग्रेसका इम्तियाज आलमले २४ हजार ९१५ मतसहित अग्रतालाई निरन्तरता दिएका छन् भने उपमेयर पदका उम्मेदवार लोसपाका पुरुषोत्तमलाल झाले ६५६८ मत प्राप्त गरेका छन् ।

राप्रपाका विना जयसवालले ४८३५ र रम्भा मिस्राले ३४५८ मत पाएका छन् । हालसम्म २३ वडाको मतगणना सकिएको छ ।

मधेस प्रदेशको एक मात्र महानगरपालिका नेतृत्वका लागि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)बीच तालमेल बनाएर सिंहलाई उम्मेदवार बनाएको थियो ।

नेकपा (एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीचको गठबन्धनबाट निवर्तमान नगरप्रमुख सरावगीलाई उम्मेदवार ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button