अर्थखबर फटाफट

२ दिने सार्वजनिक बिदाले उद्योग व्यापारमा नकारात्मक असर : वीउवासंघ

Thrill Factory
Rungta Group

नेपाल सरकारले पेट्रोलियम उत्पादनको खपत घटाउने समेत उद्देश्यले २०७९ साल जेष्ठ १ गतेदेखि हप्तामा २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेकोप्रति वीरगञ्ज उद्योग वाणिज्य संघले ध्यान आकृष्ट भएको बताएको छ ।

संघले हप्तामा २ दिन सार्वजनिक बिदा दिँदा उद्योग व्यवसायमा ठूलो नकारातमक प्रभाव परिरहेको बताएको छ । संघका अध्यक्ष सुबोधक्मार गुप्ताले जारी गरेको विज्ञप्तिमा भनिएको छ, कुनै हप्तामा बीचमा अन्य कुनै दिन बिदा पर्दा हप्तैभरि सरकारी काम गराउन नसकिने र बैंक तथा वित्तीय संस्थाहरुमा समेत हप्तामा २ दिनको बिदाले गर्दा समयमा बैंकिङ्ग कार्य नहुने यथार्थलाई सबैले मनन् गर्नु पर्ने हुन्छ ।’

देशलाई विकसित मुलुकमा पु¥याउन थप मेहनत गर्नु पर्नेमा सङ्घीय राज्य र स्थानीय सरकारले बढी बिदा दिने प्रतिस्पर्धा गर्दा समग्र उद्योग, व्यवसाय, शैक्षिक, स्वास्थ्य आदि क्षेत्रमा यसले नकारात्मक असर पु¥याउने भएकाले तत्काल यो निर्णय संशोधन गरी साविकझै हप्तामा १ दिन बिदा र अन्य वार्षिक बिदामा वर्षमा १३ दिनभन्दा नबढ्ने गरी दिने व्यवस्था मिलाउन संघले माग गरेको छ ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button