No Image Headlineअर्थमुख्य खबर

इन्डोनेशियाले सोमबारदेखि पाम आयल निर्यात खुलाउने, नेपालका उद्योगमा कस्तो असर पर्छ ?

Thrill Factory
Rungta Group

इन्डोनेशियाले पाम आयलको निर्यातमा लगाएको प्रतिबन्ध फुकाउने भएको छ । सोमवारदेखि निर्यात प्रतिबन्ध हटाइने त्यहाँका राष्ट्रपति जोको विडोडोले बिहीवार पत्रकार सम्मेलनमा बताएका हुन् ।

यो निर्णयसँगै नेपालका उद्योगीले राहत पाउने भएका छन् । पाम आयात बन्द भएपछि सबै उद्योग भटमासको तेलमा केन्द्रित भएका थिए । रुस युक्रेन तनावका कारण भटमासको आपूर्ति अवरुद्ध भएकाले तेलको मूल्य आकाशिएको थियो ।

घरेलु स्तरमा पाम खाना पकाउने तेलकोे भाउ आकाशिन थालेपछि इन्डोनेशियाले अप्रिल २८ देखि लागू हुने गरी कच्चा पाम आयल र यसका केही डेरिभेटिभ प्रडक्टको निर्यात रोकेको थियो ।

पछिल्लो खबरले युक्रेनमाथि रुसले आक्रमण गरेयता बिग्रिएको विश्वको आपूर्ति शृङ्खलामा केही भएपनि राहत हुने विश्लेषण गरिएको छ । युक्रेनमाथि रुसले आक्रमणगरेयता स्थानीय स्तरमा आपूर्ति सुनिश्चित गर्न देशहरुले खाद्यान्नको निर्यातमा एक पछि अर्को गर्दै प्रतिबन्ध लगाउन थालेका थिए ।

विश्वको सबैभन्दा ठूलो खाने तेल निर्यातकर्ता देश इन्डोनेशियाको सो कदमले पाम आयलको भाउ बढाएको थियो । विश्वको कूल पाम आयल आपूर्तिमा इन्डोनेशियाको अनुपात ६० प्रतिशत रहेको छ ।

सरकारले आपूर्ति बढाएर पाम आयलको भाउ प्रति लिटर १४ हजार रुपियामा झार्न खोजेको थियो । भाउ सो लक्ष्यमा नपुगिकन सरकारले प्रतिबन्ध फुकाएको राष्ट्रपतिले एउटा भिडियोमा भनेका छन् ।

निर्यात बन्द भएसँगै आम्दानी घटेको भन्दै सयौं साना किसानहरुले राजधानी जकार्ता र देशका अन्य क्षेत्रमा प्रतिबन्ध हटाउन विरोध प्रदर्शन गर्न थालेपछि सरकारले लचिलो बनेको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button