No Image Headlineअर्थ

रुस-युक्रेन युद्धले विश्वभर खाद्य संकट, ३० अर्ब डलर खर्चिँदै विश्व बैंक

Birgunj Metropolitan Notice

बहुपक्षीय कर्जादाता निकाय विश्व बैंकले रुसले युक्रेनमाथि आक्रमण गरेयता विश्वभर बढेको खाद सुरक्षा संकट साम्य पार्न ३० अर्ब डलर खर्च गर्ने भएको छ ।

युक्रेनमाथिको आक्रमणका कारण यी दुई देशबाट हुने अधिकांश अन्नको निर्यात ठप्प भएको छ । ‘खाद्यान्नको मूल्यमा भइरहेको वृद्धिले गरिब र सबैभन्दा दयनीय अवस्थामा रहेकाहरुमाथि विनाशकारी पभाव पारिरहेको छ,’ विश्व बैंकका अध्यक्ष डेभिड माल्पासले एउटा विज्ञप्तिमा भनेका छन् ।

बजारलाई सुसूचित गर्न र स्थिर बनाउन देशहरुले युक्रेनमाथि रुसले आक्रमण गरेपछि भावी उत्पादनमा गर्न लागेको वृद्धिबारे स्पगट रुपमा जानकारी दिनुु पर्ने पनि उनले बताए ।

बैंकले उपलब्ध गराउन लागेको रकममा १२ अर्ब डलर नयाँ परियोजनामा खर्च गरिनेछ । १८ अर्ब चाँहि पारित गरिसकेको तथा वितरण हुन बाँकी रहेका विद्यमान खाद्य तथा पोणसम्बन्धी परियोजनामा लगाइनेछ । नयाँ परियोजनाले गरिबहरुमाथि उच्च महँगीको प्रभाव कम गर्न कृषि, सामाजिक सुरक्षा, जल तथा सिंचाइ परियोजनालाई टेवा दिने अपेक्षा गरिएको बैंकले भनेको छ ।

यो मध्ये अधिकांश रकम अफ्रिका, मध्य पूर्व, पूर्वी यूरोप र मध्य एशिया र दक्षिण एशियामा खर्च गरिने बताइएको छ । युक्रेन युद्धको कारण अन्नको आपूर्तिमा देखिएको प्रभावको मारमा सबैभन्दा धेरै यिनै क्षेत्र परेका छन् ।

रुसले कृष्ण सागरबाट युक्रेनको कृषि निर्यात रोकेको पछि युक्रेन र रुसबाट आयात हुने गहुँमा निर्भर इजिप्ट लगायत देशहरु मारमा परेका छन् । यी देशहरुले घरेलु स्तरमा आपूर्ति सुनिश्चित गर्न आफ्नो निर्यातमा पनि प्रतिबन्ध लगाएका छन् ।

पुनर्निर्माण र विकासका लागि यूरोपेली बैंकले पनि खाद्य सुरक्षा र कृषि तथा खाद्य सामाग्रीको व्यापारका लागि ५० करोड यूरो उपलब्ध गराउँदैछ । यो मध्ये २० करोड यूरो युक्रेन र ३० करोड यूरो उसका छिमेकी देशहरुलाई उपलब्ध गराइनेछ । अन्तरराष्ट्रिय मुद्रा कोषले  पनि आफ्ना सामान्य च्यानलहरुमार्फत वित्तीय टेवा दिँदैछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button