देशमुख्य खबर

स्थानीय चुनावपछि के होला दलीय गठबन्धन ?

मतदानको दिनसम्मै पनि गठबन्धनका नेताहरूमा एक अर्काप्रति आशङ्का व्याप्त देखिँदा त्यसलाई ती दलभित्रै र बाहिरबाट नियालिरहेका कतिपयले चुनावपछिको सम्भावित परिदृश्यसँग जोडेर हेरेका छन्।

Patanjali Nepal
SweetMart Nepal

त्यसबेलै एउटा प्रश्न उब्जिएको छ, अहिलेको सत्ता गठबन्धन कसलाई सबैभन्दा बढी महत्त्व राख्छ ? जसबारे पाँच दलीय नेताहरूले एक अर्कालाई देखाउने गरेको पाइन्छन्।

राजनीतिशास्त्री कृष्ण पोखरेल नयाँ बनेको दल एकीकृत समाजवादीलाई त्यो अस्तित्वको सवाल भए पनि त्यो सबैभन्दा धेरै अर्थ नेपाली कांग्रेसलाई लाग्ने ठान्छन्।

तर स्थानीय तहको गठबन्धनले नै वार कि पार गर्दैन। मैले बुझेको के हो भने यसको अभिप्राय प्रदेश वा सङ्घको चुनावसम्म गठबन्धन नटुटोस् भन्ने हो, पोखरेल भन्छन्।

एकीकृत समाजवादीले निकालेको सल्लाहकार परिषद्मा समेत नाम रहेका पोखरेलले भने, एमाले फुटेर माले हुँदा उसको जे दुर्दशा भएको थियो, त्यही नहोस् भनेर एकीकृत समाजवादीले प्रयास गरिरहेको हो।

नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वभित्र भने गठबन्धनलाई लिएर पार्टीको निर्देशन मान्ने अभिव्यक्ति आए तापनि त्यसको वकालत गरिरहेको बुझ्न नहुने पार्टी पङ्क्तिका नेताहरू बताउँछन्।

राजनीतिक टिप्पणी समेत गरिरहने कांग्रेसका एक जना युवा नेता शङ्कर तिवारीले गठबन्धनकोे चुनावी प्रचारका दौरान देउवासँगे पार्टी सभापतिमा पराजित शेखर कोइराला र दुई महामन्त्रीहरू एकसाथ नदेखिनुलाई अर्थपूर्ण रूपमा हेर्नुपर्ने बताउँछन्।

उनी भन्छन्, यस निर्वाचनपछि पनि एक पटक पुन राष्ट्रिय चुनावमा गठबन्धन कसरी गर्ने भन्ने विषयमा व्यापक बहस हुनसक्छ। नीति अधिवेशन वा महासमिति बैठक आह्वान हुने सम्भावना समेत रहन्छ।ू

यस निर्वाचनमा सत्ता गठबन्धनको सामना गर्न कतिपय ठाउँमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले समेत राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टी सहितका केहीसँग तालमेल गरेको छ।

एकजना राजनीतिक टिप्पणीकार नरेन्द्रजङ्ग पिटरले दुवै गठबन्धन उभिएको आधारलाई हेर्दा यसको परिणामले केही असर पार्ने नदेखिने बताउँछन्।

यी दुवै किसिमका गठबन्धनहरू आग्रह, सिद्धान्तहीनता र भयका कारण भएका छन्। आउँदा चुनावसम्मै यो भयले काम गर्छ, पिटर भन्छन्।

केन्द्रमा नेताहरू मिले पनि तल्लो तहमा स्थानीय राजनीति नै हाबी भएको यस पटक व्यापक रूपमा हुन नसकेका स्थानीय तालमेलले देखाएको जानकारहरू बताउँछन्।

कतै तलका कार्यकर्ताले विरोध गरेर बागी उम्मेदवार उठाएका छन् त कतै उनीहरूका असन्तोष सार्वजनिक रूपमा देखा परेका छन्।

पार्टीहरूभित्रै अन्तर्घात भइरहने चुनावी माहौलमा धेरै पार्टीबीचमा त्यसो हुनुलाई कतिले अस्वाभाविक समेत मान्दैनन्।

तर कुनै बेला माओवादीसँग आबद्ध रहेका पिटरका दृष्टिकोणमा यस पटकको चुनाव व्यापक रूपमा जित्न भन्दा हराउन धेरै भइरहेको देखेको बताउँछन्।

यति बेलै प्रचण्डले भने कांग्रेसीलाई हसिँयाहतौडामा छाप हान्न अप्ठ्यारो भइरहेको देखिएको भन्दै पुन बाम एकताको सम्भावनाको सङ्केत गरिरहेका पाइन्छन्।

तर कृष्ण पोखरेलले खास गरी एकीकृत समाजवादीको हकमा समानुपातिकतर्फ मात्र नभई प्रत्यक्षतर्फ समेत जे जति सीट आउँछ त्यसले एउटा आकार लिने ठान्छन्।

गठबन्धन आंशिक मात्र सफल हुने ठाने तापनि पोखरेल भन्छन्, तर तीन वटै निर्वाचनको एउटा चक्र पूरा नभइकन वाम गठबन्धनको सम्भावना म देख्दिनँ।

नेकपो टुटेकै केपी ओलीको अहमको कारण हो। सबै निर्वाचनले उनको समेत शक्ति कमजोर नपारेसम्म वाम एकताको सम्भावना म देख्दिनँ, उनी भन्छन्

टिप्पणीकार पिटरका ठम्याइमा भने यति सत्ता गठबन्धनको तालमेलले काम गरेमा र एमालेका लागि हिजोका दिनमा जसरी नतिजा नआउँदा त्यसले ओलीकै नेतृत्वमाथि प्रश्न उठाउन सक्नेु देखिन्छ।

तर अर्का थरी भने शक्ति सन्तुलन परिवर्तन हुँदा गठबन्धनभित्रको सकस झन् बढ्ने, त्यसले पार्टीहरूभित्रै नयाँ मतहरू हुने वा सत्ता समीकरण समेत फेरिन सक्ने ठान्छन्। मूल स्रोत बीबीसी

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button