अर्थखबर फटाफट

आजदेखि बढ्यो सार्वजनिक यातायातको भाडा

सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ । पेट्रोल र डिजेलको मूल्य लिटरमा १० रुपैयाँ बढेसँगै संघीय सरकार मातहतको यातायात व्यवस्था विभागले सार्वजनिक सवारी र ढुवानी भाडा समायोजन गरेको हो ।

Patanjali Nepal
SweetMart Nepal

साबिकको भाडादरमा ५ दशमलव १ प्रतिशतसम्म बढाइएको छ । पेट्रोलियम पदार्थको मूल्यमा हुने घटबढसँगै स्वचालित रुपमा सार्वजनिक यातायातको भाडा समायोजन हुने व्यवस्थाअनुसार विभागले भाडा बढाएको हो ।

नेपाल आयल निगमले गत शनिवार गरेको डिजेलको मूल्यवृद्धिलाई आधार मानेर भाडा वृद्धिको निर्णय गरिएको विभागको सूचनामा उल्लेख छ । इन्धनको मूल्य ५ प्रतिशतभन्दा बढी घटबढ हुँदा वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार स्वचालित रुपमा अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा घटबढ हुन्छ ।

बढेको भाडा दुई वा दुईभन्दा बढी प्रदेश भएर (राष्ट्रिय स्तरको रुटमा) चल्ने सार्वजनिक सवारीसाधनमा बुधवारदेखि लागू हुने विभागको भनाइ छ । अब प्रदेश सरकारहरूले पनि यसैलाई आधार मानेर सार्वजनिक सवारीसाधनको भाडा समायोजन गर्नेछन् ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button