अन्तराष्ट्रिय

श्रीलंका संकट : कर्मचारीलाई तलव दिन नोट छाप्नुपर्ने अवस्था

Birgunj Metropolitan Notice

पछिल्लो ७० वर्षयताकै सर्वाधिक खराब आर्थिक सङ्कटबाट गुज्रिरहेको श्रीलङ्कामा, त्यहाँका नयाँ प्रधानमन्त्रीले देश पेट्रोलियम पदार्थ खपत गर्ने अवस्थाको अन्तिम दिनमा पुगेको बताएका छन्।

एक टेलिभिजन सम्बोधनमार्फत रनिल विक्रमसिङ्घले, अत्यावश्यक सामग्रीहरूको आयातको लागि देशलाई तत्कालै ७ करोड ५० लाख डलर विदेशी मुद्रा आवश्यक रहेको जानकारी दिए।

उनले सरकारी तलब तथा ज्याला भुक्तानी गर्नका निम्ति देशको केन्द्रीय ब्याङ्कले पैसा छाप्नुपर्ने बताए। विक्रमसिङ्घले सरकारी स्वामित्वमा रहेको श्रीलङ्का एयरलाइन्सलाई पनि निजीकरण गर्न सकिने बताए।

यस टापु राष्ट्रको अर्थतन्त्र महामारी, इन्धनको बढ्दो मूल्य र देखावटी लोकप्रियताका लागि सरकारले गरेको कर कटौतीका कारण नराम्रोसँग प्रभावित भएको छ।

विदेशी मुद्राको दीर्घकालीन अभाव र बढ्दो मूल्यवृद्धिले औषधि, इन्धन र अन्य अत्यावश्यक वस्तुको चरम अभाव भएको छ।

राजधानी कोलम्बोमा सहरको सबैभन्दा बढी प्रयोग गरिने सवारी माध्यम अटो रिक्सा र अन्य सवारी साधनहरू पेट्रोल पम्पहरू बाहिर लामबद्ध छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button