अन्तराष्ट्रिय

आत्मघाती आक्रमणमा तीन चिनियाँ मारिएपछि चिनियाँहरुले कराँची छाड्न थाले

Birgunj Metropolitan Notice

गत अप्रिल २६ मा  बलोचिस्तान लिबसेसन आर्मी (बिएलए) का आत्मघाती लडाकुले कराँची विश्वविद्यालयमा बम आक्रमण गर्दा तीन चिनियाँ तथा एक पाकिस्तानी नागरिकको मृत्यु भएको थियो ।

त्यसयता कराँची शहरबाट चिनियाँ नागरिकहरु भाग्न थालेको देखिएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

एएनआईका अनुसार सामाजिक सञ्जालमा भाइरल तस्वीर तथा भिडियोहरूमा विमानस्थलमा कराँची छाड्न चाहने चिनियाँहरूको भीड देख्न सकिन्छ ।

कराँचीमा आक्रमण भएयता २ हजार भन्दा धेरै चिनियाँहरु त्यहाँबाट पलायन भएको एएनआईले जनाएको छ ।

चीन पाकिस्तान आर्थिक करिडोर सिपेक परियोजनामा काम गर्ने धेरै चिनियाँ कामदारहरु कराँचीमा बस्दै आएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button