देशमुख्य खबर

वीरगञ्ज महानगरको ताजा अपडेट : मतान्तर बढाउँदै राजेशमान, सूचना नदिएको भन्दै पत्रकारको प्रदर्शन

Thrill Factory
Rungta Group

वीरगञ्ज महानगरपालिकाको मतगणनाको पछिल्लो विवरण अनुसार जसपाका राजेशमान सिंहले मतान्तर फराकिलो पार्दै लगेका छन् ।
राजेशमान सत्ता गठबन्धनबाट मेयरको उम्मेदवार हुन् ।

वीरगञ्जको वडा नं. १, २, ३१ र ३२ को मतगणना जारी छ । बाहिरिएको पछिल्लो जानकारी अनुसार सिंहले सिंहले २८ सय ३२ मत ल्याएका छन् । नेकपा एमालेका विजयकुमार सरावगीले अहिलेसम्म १२ सय ८६ मत छ ।

पत्रकारको प्रदर्शन

यसैबीच मतगणनाको सूचना नपाएपछि वीरगञ्जमा पत्रकारले मतगणनास्थलमै प्रदर्शन गरेका छन् । पत्रकारले समाचार संकलनका सामग्री मतगणनास्थल परिसरमा राखेर विरोध जनाएका हुन् ।

प्रत्येक २÷२ घण्टामा मतगणनाको परिणाम पत्रकारलाई उपलब्ध गराउने सहमतिपछि पत्रकारको प्रदर्शन स्थगित भएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकालको समन्वयमा सो सहमति भएको थियो ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button