खेल संसार

चेल्सीलाई पेनाल्टीमा हराउँदै लिभरपुलले जित्याे आठौँ पटक एफए कपको उपाधि

Birgunj Metropolitan Notice

लिभरपुलले एफए कपको उपाधि उचालेको छ। गए राति चेल्सीलाई सडनडेथमा पराजित गर्दै लिभरपुलले आठौँ पटक एफए कप फुटबलको उपाधि उचालेको हो।

वेम्बली स्टेडियममा निर्धारित समय र अतिरिक्त समय मिनेटसमेत गोलरहित बराबरीमा सकिएपछि खेलको छिनोफानो पेनाल्टी सुट आउटमा भएको थियो।

सडनडेथमा लिभरपुलले ६-५ ले जित निकाल्यो। पेनाल्टीमा लिभरपुलका जेम्स मिलनर, थियागो अल्कान्तरा, रोबर्टो फिर्मिन्हो, ट्रेन्ट एलेक्सजेन्डर आर्नोल्ड, डिएगो जोटा र कोन्स्टानसिनोस सिमिकसले गोल गरे। लिभरपुलका साडियो मानेले भने पेनाल्टी चुकाए।

चेल्सीका मार्कुस अलन्सो, जेम्स रिस, रोस बार्क्ली, जोर्हिन्हो र हाकिम जिएचले गोल गरे। यस्तै, सेजर एज्पिलिक्वेटा र मासन माउन्टले पेनाल्टी चुकाए।

लिभरपुल सिजनको चौथो उपाधि नजिक पुगेको छ। एफए कपको उपाधि जितेको लिभरपुलले यसअघि काराबाओ कपको उपाधि जितेको थियो । हाल लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ भने प्रिमियर लिगको उपाधि होडमा छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button