No Image Headlineअर्थविशेष

आयातमा इन्धन, गाडी र औद्योगिक कच्चापदार्थको वर्चस्व

Thrill Factory
Rungta Group

वैदेशिक व्यापारको करीब आधा परिणाम आयातनिर्यात हुने वीरगञ्ज नाकाबाट भित्रिने वस्तुमा पेट्रोलियम पदार्थ, सवारीसाधन र औद्योगिक कच्चापदार्थको वर्चस्व छ । चालू आर्थिक वर्ष (आव) २०७८/७९ को ९ महीनाको आयातनिर्यात तथ्यांकले यस्तो देखाएको हो ।

वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालू आवको चैतमसान्तसम्ममा आयातित मुख्य २० वस्तुको सूचीमा यस्ता वस्तुहरू परेका छन् । प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले आयातित मुख्य ५ वस्तुमा क्रमश: डिजेल, पेट्रोल, जीप/कार/भ्यान, मोटरसाइकल र एलपी ग्यास रहेको जानकारी दिए ।

ट्रक, बस, पिकअप गाडी पनि यो नाकाबाट भित्रिने मुख्य वस्तुमै पर्दछन् । स्वदेशी सिमेन्ट उद्योगले सहायक कच्चापदार्थको रूपमा प्रयोग गर्ने कोइलाको आयात परिमाण पनि उल्लेख्य छ । विगतमा क्लिंकर आयात हुने गरेकोमा अहिले स्वदेशमै उत्पादन हुन थालेपछि यो मुख्य आयातित वस्तुको सूचीबाट हटेको छ । कोइला क्लिंकर बनाउन प्रयोग हुन्छ ।

त्यस्तै भटमास, सूर्यमुखी र पामको अर्धप्रशोधित तेल पनि यो नाकाबाट उल्लेख्य परिमाणमा भित्रिएको तथ्यांकले देखाउँछ । बारा–पर्सा क्षेत्रमा खुलेका १४ ओेटा तेल उद्योगले यही नाकाबाट कच्चापदार्थ भित्र्यााउँछन् । युक्रेन, रूस, अस्ट्रेलिया, इन्डोनेशियालगायतका देशबाट ल्याएको कच्चापदार्थ प्रशोधन गरेर निकासी गर्दै आएका छन् ।

अहिले निकासी हुने वस्तुमा प्रशोधित तेलको मुख्य योगदान रहेको प्रमुख भन्सार अधिकृत पौडेलले बताए । तर, रुस–युक्रेन तनाव र इन्डोनेशियाले पाम आयल निकासीमा लगाएको प्रतिबन्धका कारण अहिले कच्चा पदार्थको आयात अवरुद्ध भएको उद्यमी सुरेश रुंगटाले बताए । अहिले अर्धप्रशोधित तेलको सट्टा अमेरिका र क्यानडाबाट भटमासको दाना ल्याएर तेल उत्पादन गरिएको उनको भनाइ छ ।

त्यस्तै फलाम उद्योगको कच्चा पदार्थ एचआर सीट, स्टील स्ट्रीप, बिलेटलगायतका वस्तु पनि मुख्य आयातित वस्तुको सूचीमा समेटिएका छन् । पोलिथिन दाना, सुर्ती, हल्का पेयपदार्थ लगायत वस्तु पनि यो नाकाबाट आयात हुने भन्सारको तथ्यांकले देखाएको छ । आर्थिक अभियान 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button