देशमुख्य खबर

१४ स्थानीय तहको मतपरिणाम आउँदा एमालेको अग्रता, कुन दलको अवस्था कस्तो ?

Thrill Factory
Rungta Group

स्थानीय तहको निर्वाचन अन्तर्गत १४ स्थानीय तहमा प्रमुख पदको मतपरिणाम सार्वजनिक हुँदा नेकपा (एमाले) ले अग्रता लिएको छ ।

प्राप्त पछिल्लो नतिजाअनुसार नेकपा एमालेले ६ वटा स्थानीय तहमा मेयर र गाउँपालिका अध्यक्षमा जित हासिल गर्दै अग्रता लिएको हो । एमालेले जारी मतगणनामा १ सय ७० भन्दा बढी स्थानमा अग्रता कायम गरेको छ ।

सत्तारुढ नेपाली कांग्रेसले ५ स्थानमा मेयर र गाउँपालिका अध्यक्षमा जित हासिल गरेको छ भने जारी मतगणनामा २ सय ६० भन्दा बढी स्थानीय तहमा अग्रता लिएको छ ।

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले २ स्थानीय तहको प्रमुखमा जित हासिल गरेको छ । १० स्थानमा नेकपा (एस) का उम्मेदवारले अग्रता लिएका छन् ।

नेकपा (माओवादी केन्द्र) ले एक प्रमुख पदमा जित हासिल गरेको छ । माओवादीले १ सय स्थानीय तहमा अग्रता लिएको छ ।

त्यस्तै, जनता समाजवादी पार्टी नेपालले २३ स्थानीय तहमा अग्रता लिएको छ भने लोकतान्त्रिक समाजवादी पार्टी नेपालले ६ स्थानमा अग्रता लिएको छ ।

अन्य २९ स्थानीय तहमा स्वतन्त्र तथा अन्य पार्टीका उम्मेदवारहरुले अग्रता लिएका छन् । देशभर मतगणना जारी छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button