No Image Headlineअन्तराष्ट्रिय

भारतको दिल्लीस्थित एक भवनमा आगलागी हुँदा दर्जनौँको मृत्यु

दिल्लीमा रहेको एक कार्यालय भवनमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको र कम्तीमा १२ जना घाइते भएको त्यहाँस्थित आपत्कालीन सेवा प्रदायकहरूले बताएका छन्।

Patanjali Nepal
SweetMart Nepal

आगलागीको बेला त्यस चार तले भवनमा ७० जना भन्दा बढी मानिस रहेको बताइएको छ। प्रहरीले झ्यालको सिसा फोडेर मानिसहरूको उद्धार गरेको थियो।

भारतको राजधानी दिल्लीको पश्चिममा रहेको मुन्ड्का मेट्रो स्टेसन नजिकै भएको घटनामा आगो निभाउन करिब २० वटा दमकल प्रयोग गरिएको थियो। आगलागी हुनुको कारण विद्युतीय अवरोधका (सर्ट सर्किट) भएको अनुमान गरिएको छ।

ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मृत्यु हुनेहरूको परिवारका लागि दुई लाख भारतीय रुपैयाँ क्षतिपूर्ति दिने बताएका छन्।

आगो नियन्त्रणमा आएपछि उद्धार कार्य जारी राखिएको छ। “आगलागी भएको क्षेत्रफल ठूलो भएकाले उद्धार कार्य सक्न समय लाग्ने देखिन्छ,” टाइम्स अफ इन्डियाले डेपुटी चिफ फायर अफिसर सुनिल चौधरीलाई उद्धृत गरेको छ।

प्राय शवहरू दोस्रो तलामा भेटिएको बताइएको छ। स्थानीय अधिकारी जोगीराम जैनका अनुसार प्रारम्भिक विवरणमा विद्युतीय अवरोधका कारण आगलागी भएको हो। उनले भवनमा उचित अग्नि सुरक्षा प्रमाणीकरण नभएको समेत बताए।

“हामीले अनुसन्धान शुरू गरेका छौँ र यदि नगरपालिकाका कुनै अधिकारीहरूको गल्तीमा पाइएमा कडा कारबाही गरिनेछ,” उनले हिन्दुस्तान टाइम्ससँग भनेका छन्।

मृत्यु हुनेहरूमध्ये प्राय उक्त भवनमा रहेको सीसीटीभी बनाउने कम्पनीका कर्मचारीहरू हुन्। बीबीसी हिन्दीले आगलागीमा परेर मृत्यु हुनेहरूको सङ्ख्या बढ्न सक्ने जनाएको छ। भवनको माथिल्लो तलाहरूमा उक्लन एक मात्र भर्‍याङ भएको र त्यहाँ कुनै आपत्कालीन द्वार नभएको जनाइएको छ।

भवनमा रहेका काठका सामग्रीलगायत सम्पूर्ण वस्तुहरू खरानीमा परिणत भएको बीबीसीका दिलनवाज पाशाले बताएका छन्। उनका अनुसार अहिले त्यहाँ कङ्क्रिटको भागहरू मात्र बाँकी छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button