No Image Headlineदेशमुख्य खबर

वीरगञ्ज र काठमाडौंसहित अधिकांश स्थानमा मतगणना, केही ठाउँबाट परिणाम आउन शुरु

Thrill Factory
Rungta Group

वीरगञ्ज महानगरपालिको मतगणना शुरु भएको छ । वीरगञ्जको नृसिंह माविमा मतगणना भइरहेको छ । अहिले वडान नं १, २, ३१ र ३२ को मतगणना भइरहेको हो ।

काठमाडौ, भरतपुर,  विराटनगर महानगरसहित अधिकांश पालिकाको मतगणना शुरु भइसकेको र केही स्थानबाट परिणामसमेत आउनेक्रम शुरु भइसकेको निर्वाचन आयोगले बताएको छ ।

निर्वाचन आयोगका प्रवक्ताले केही ठाउँबाहेक देशभरका अधिकांश स्थानमा स्थानीय तह चुनावको मतगणना सुरु भएको जनाएक छन्।

आयोगले मतदान सकिएको पाँच दिनभित्र चुनावको परिणाम सार्वजनिक गरिसक्ने बताएको थियो। कैयौँ स्थानमा तार जाली र सीसीटीभी क्यामेराको निगरानीसहित उच्च सुरक्षा व्यवस्था कायम गरेर मतगणना भइरहेको छ।

नयाँ संविधान जारी भए यता दोस्रो पटक भइरहेको स्थानीय तहको निर्वाचनमा करिब ६४ प्रतिशत मतदाताले भोट खसालेका थिए।

अहिलेसम्म मनाङको दुई वटा र मुस्ताङको एउटा पालिकाको परिणाम प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार देशका अधिकांश जसो ठाउँमा मतगणना सुरु भइसकेको छ।

उनले भने, केही केही ठाउँमा मतगणनासम्बन्धी सर्वदलीय बैठकमा सामान्य विवादका कारणले वा दलका प्रतिनिध ठिक छन् कि छैनन् भन्ने रुजु गर्ने क्रममा छन्, नभए अधिकांश ठाउँमा गणना सुरु भइसकेको छ। उनका अनुसार हिमालपारिको जिल्ला मनाङबाट मत परिणाम आउन थालेका छन्।
मनाङका दुई वटा पालिकाबाट आइसकेको छ। एउटामा एमाले र अर्कोमा कांग्रेसले जितेको खबर प्राप्त भएको छ, पौडेलले भने।

झापामा मतगणनाका क्रममा झडप भएपछि इलामको देउमाइ नगरपालिकामा प्रहरीले हवाई फायर गरेको छ।

त्यहाँ मतदान स्थलमा नगरपालिकाका एक जना कर्मचारीको साथमा स्वस्तिक छाप र मोबाइल भेटिएपछि विवाद उत्पन्न भएको प्रहरीले जनाएको छ।

आक्रोशित भिडले नगरपालिकाको कार्यालयमा तोडफोडको प्रयास गरेपछि स्थिति नियन्त्रणमा लिन दुई राउन्ड हवाई फायर गर्नुपरेको इलामका प्रहरी प्रमुख प्रहरी उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए।

निर्वाचन आयोगले पाँच दिनभित्र स्थानीय तहको चुनावको मत परिणाम सार्वजनिक गरिसक्ने बताएको भएपनि त्यस अनुरूप मतगणना सम्पन्न भइसक्छ कि सक्दैन भन्ने प्रस्ट छैन।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button