अन्तराष्ट्रिय

भारतमा थप २ हजार ८ सय जनामा कोरोना भाइरसको सङ्क्रमण

Thrill Factory
Rungta Group

भारतमा २४ घण्टाको समयावधिमा २ हजार ८ सय ४१ जना कोरोना भाइरसका थप सङ्क्रमित फेला परेका छन् । यससँगै भारतमा कूल सङ्क्रमतिको सङ्ख्या चार करोड ३१ लाख १६ हजार २ सय ५४ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

विगत केही महिनायता न्यून विन्दुमा पुगेको कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या पुनः केही दिनयता तीन हजार नाघेको थियो । यद्यपि गत मङ्गलबारबाट केही मात्रामा कमी देखिएको छ ।

चौबीस घण्टाको समयावधिमा थपिएका यी नयाँ सङ्क्रमितमध्ये ३६ प्रतिशत राजधानी दिल्लीका रहेका समाचारमा जनाइएको छ ।

हाल राजधानीमा ४ हजार ९ सय २८ सक्रिय सङ्क्रमित रहेका पनि बताइएको छ । यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप ९ को मृत्यु भएपछि देशभर कोरोनाबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या ५ लाख २४ हजार १ सय ९० पुगेको छ ।

भारतभर अझै पनि सक्रिय सङ्क्रमित १८ हजार ६ सय ४ रहेका पनि मन्त्रालयले जानकारी दिएको छ । चौबीस घण्टामा ३ हजार २ सय ९० कोरोना निको भएका छन् ।

यसैसँगै हालसम्म चार करोड २५ लाख ७३ हजार ४६० सफलतापूर्वक कोरोना सङ्क्रमण निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button