No Image Headlineदेश

पाँच दिनभित्र मतगणना सकिने निर्वाचन आयोगको दाबी, दलका प्रतिनिधिले मतपत्र छुन नपाउने

Thrill Factory
Rungta Group

निर्वाचन आयोगले यो पटक स्थानीय तह निर्वाचनको मतगणना गरेर पाँच दिनभित्रै परिणाम प्रकाशित गर्नेगरी तयारी गरिएको दाबी गरेको छ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बीबीसी न्यूज नेपालीसँग कुरा गर्दै मतगणनाको नतिजा पाँच दिनभित्रै प्रकाशित भइसक्ने दाबी गरे।

“देशभरिका सबै स्थानीय तहको मतगणनाको नतिजा पाँच दिनभित्र प्रकाशित गर्नेगरी व्यवस्था मिलाएका छौँ,” उनले भने।

तर मतगणना छिटो सम्पन्न गर्न यसअघिको निर्वाचनमा भन्दा के कुरामा सुधार गरिएको छ भन्नेबारे उनले खुलाएनन्।

यसअघिको स्थानीय तह निर्वाचनमा काठमाण्डू महानगरपालिकाको मतगणना सम्पन्न गर्न दुई सातासम्म लागेको थियो। दलहरूले गठबन्धन गरेको तथा विभिन्न पदमा स्वतन्त्र उम्मेदवारको सङ्ख्या पनि धेरै भएकाले मतपत्र छुट्ट्याउन तथा गणना गर्न समय लाग्न सक्ने पहिला निर्वाचन प्रक्रियामा सहभागी भएका राजनीतिक कार्यकर्ता तथा पर्यवेक्षकहरूको भनाइ छ। मतगणनाका क्रममा विवाद भएपछि चितवनको भरतपुरका केही क्षेत्रमा वि.सं. २०७४ सालको स्थानीय तह निर्वाचनमा पुनः मतदान समेत गर्नुपरेको थियो।

यो पटक मतगणना स्थलमा रहेका दलका प्रतिनिधिहरूलाई मतगणना टोलीले नै मतपत्र देखाउनुपर्ने तर छुन वा समाउन नदिने व्यवस्था निर्वाचन निर्देशिकाले गरेको छ।

“निर्वाचन अधिकृत वा निजले खटाएको गणक कर्मचारीले मतगणना गर्दा उम्मेदवार वा निजको निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधिलाई मतपत्र देखाउनुपर्नेछ। त्यस्तो मतपत्र कुनै पनि अवस्थामा निजलाई समाउन वा छुन दिनु हुँदैन,” निर्देशिकामा भनिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button