No Image Headlineदेशमुख्य खबरविशेष

स्थानीय तह निर्वाचनमा किन भयो पहिलाको भन्दा कम मतदान ?

Thrill Factory
Rungta Group

निर्वाचन आयोगले योग्य मतदातामध्ये करिब ६४ प्रतिशतले मात्रै स्थानीय तह निर्वाचनमा मतदान गरेको जनाएको छ।

शुक्रवार साँझ सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अघिल्लो स्थानीय तह निर्वाचनमा भन्दा कम मतदान भएको जानकारी दिए।

“चौसट्ठी प्रतिशत मतदान भएको अहिले प्रारम्भिक अनुमान छ, मलाई लाग्छ यसको हाराहारीमै मतदान होला भन्ने छ। आयोगले अपेक्षा गरे अनुसार मतदान भएन कि भन्ने लागेको छ,” उनले भने।

वि.सं। २०७४ सालमा सङ्घीय संरचना कार्यान्वयनमा आएपछि भएको पहिलो स्थानीय तह निर्वाचनमा ७४ प्रतिशत बढीले मतदान गरेका थिए।

तर त्यसपछिको संसदीय निर्वाचनमा ७० प्रतिशत भन्दा कम मतदान भएको थियो।आयोगले कम मतदान हुनुको कारण पहिल्याउन बाँकी नै रहे पनि धेरै मतदाता भएका स्थानमै काम मतदान भएका कारण यो स्थानीय तह निर्वाचनमा अनुमान गरिएभन्दा कम मत खसेको जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button