देश

स्थानीय तह निर्वाचन : २१ हजार ९५५ मतदान केन्द्रबाट हुँदैछ मतदान

Thrill Factory
Rungta Group

आज स्थानीय तहको निर्वाचन हुँदैछ । बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान गर्न सकिने निर्वाचन आयोगले जनाएको छ।

कूल १ करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता रहेको आयोगले जनाएको छ । निर्वाचन आयोगमा सूचीकृत मतदाताले मतदाता परिचय पत्र नभए अन्य सरकारी कागजातले मतदान गर्न सकिने व्यवस्था गरिएको आयोगले जनाएको छ ।

निर्वाचनमा पुरुष मतदाता ८९ लाख ९२ हजार १० जना र महिला मतदाता ८७ लाख ४१ हजार ५३० जना रहेका छन् ।

६ महानगरपालिका ११ उपमहानगरपालिका २७६ नगरपालिका र ४६० गरी ७५३ स्थानीय तहमा निर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार ३५ हजार २२१ जना निर्वाचित हुने छन् ।

आयोगका अनुसार देशभर १० हजार ७५६ मतदानस्थल रहका छन् भने २१ हजार ९५५ मतदान केन्द्र रहेको आयोगले जनाएको छ ।

निर्वाचनमा १ लाख ९ हजार ८८ हजार कर्मचारी तथा निर्वाचनमा ६५ हजार ८६५ स्वयंसेवक खटिने छन् भने ५ हजार पर्यवेक्षक हुने आयोगले जनाएको छ ।

स्थानीय निकायमा ७५३ मेयर तथा अध्यक्ष रहनेछन् भने ७५३ उपमेयर तथा उपाध्यक्ष रहनेछन्। स्थानीय तहमा ६ हजार ७ सय ४३ वडा अध्यक्ष निर्वाचित हुनेछन।

खुला सदस्यको संख्या १३ हजार ४ सय ८६ रहनेछ। महिला सदस्य र दलित महिला सदस्य ६ हजार ७ सय ४३ गरेर १३ हजार ४८६ जना रहनेछन्। यसमा जम्मा निर्वाचित हुने ३५ हजार २ सय २१ पदको निर्णय हुनेछ।

बिहीबार साँझ पत्रकार सम्मेलन गर्दै आयोगले सम्पूर्ण तयारी पूरा भइसकेको बताएको छ । निर्वाचनमा ३५ हजार २ सय २१ जना मध्ये निर्विरोध निर्वाचित भएका बाहेकका पदमा प्रतिनिधि छनौट गर्नका लागि मतदान हुँदैछ।

स्थानीय निकायका सबै उम्मेद्वार १ लाख ४५ हजार ११ जना उम्मेद्वार रहेका छन। जसमा पुरुष उम्मेद्वार ८९ हजार ३ सय १३ छन्। महिला उम्मेद्वार ५५ हजार ६ सय ९८ रहेका छन् जसमा ३९० जना निर्विरोध निर्वाचित भइसकेका छन। यस निर्वाचनमा विभिन्न राजनीतिक दलका ३५५ जना विभिन्न पदाधिकारी निर्विरोध निर्वाचित भइसकेका छन् भने ६ वडा अध्यक्षसहित ३५ जना स्वतन्त्र सदस्यसमेत निर्विरोध निर्वाचित भएका छन्।

सुरक्षाको प्रबन्ध

स्थानीय तह निर्वाचन केन्द्रमा म्यादी प्रहरीसहित तीनवटै सुरक्षा निकायका दुई लाख ६५ हजार सुरक्षाकर्मी निर्वाचनमा खटिनेछन् । जसमध्ये म्यादी प्रहरीको संख्या सबैभन्दा धेरै एक लाख छ । सेनाको संख्या ७१ हजार पाँच सय छ भने नेपाल प्रहरीको ६२ हजार छ भने सशस्त्र प्रहरीको संख्या ३२ हजा रहेको छ।

स्थानीय तह निर्वाचनमा भाग लिने दर्ता भएका ७९ वटा राजनीतिक दलमध्ये जम्मा ६५ वटा राजनीतिक दल चुनावी प्रतिस्पर्धामा छन्। १४ दलले एउटा पनि उम्मेद्वारीमा मनोनयन गराएको छैन। ५५ हजार ६९८ जना महिला र ८९ हजार ३ सय १३ जना पुरुष गरेर विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारसमेत जम्मा १ लाख ४५ हजार ११ जना चुनावी प्रतिस्पर्धामा रहेका छन्।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button