अन्तराष्ट्रिय

श्रीलंकामा रणिल विक्रमासिंघे नयाँ प्रधानमन्त्री नियुक्त

Thrill Factory
Rungta Group

श्रीलंकामा रणिल विक्रमासिंघे नयाँ प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति गोताबाया राजपाक्षेले रणिललाई नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण गराएको श्रीलंकाबाट प्रकाशित हुने डेली मिररको अनलाइन संस्करणले जनाएको छ ।

राष्ट्रपति कार्यालयमा शपथ ग्रहणसँगै उनले स्थानीय वालुकारामा मन्दिरमा गई आशिर्वाद लिएको डेली मिररले जनाएको छ ।
विक्रमासिंघेले यसअघि ५ पटक श्रीलंकाली प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् ।

यसअघि हिंसात्मक सरकार विरोधी प्रदर्शनमाझ गोताबायाका दाजु महिन्दा राजपाक्षेले राजीनामा दिएका थिए । राजीनामा दिएसँगै उनी श्रीलंकाली नौसेनाको शरणमा पुगेका थिए ।

मुलुकमा जारी चरम आर्थिक संकट एवम् अत्यावश्यक वस्तुको अभावका कारण श्रीलंकाभर हिंसात्मक प्रदर्शन नरोकिएका बेला नयाँ प्रधानमन्त्री नियुक्त गरिएको हो ।

पछिल्ला केही दिनयता जारी हिंसात्मक प्रदर्शनका क्रममा हालसम्म ९ जनाको मृत्यु भइसकेको छ भने अरु २ सय भन्दा धेरै घाइते भएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button