No Image Headlineदेशमुख्य खबर

सीमावर्ती बारा र पर्सामा चुनावी सुरक्षामा उच्च सतर्कता, मतदान केन्द्रमा पुगे कर्मचारी र सुरक्षाकर्मी

Thrill Factory
Rungta Group

सीमावर्ती क्षेत्रका रहेका बारा र पर्सा जिल्ला चुनावी सुरक्षाका दृष्टिले संवेदनशील मानिन्छन् । चुनावमा आवाञ्छित गतिबिधि नहोओस् र भयरहित वातावरणमा निर्वाचनका लागि यी जिल्लामा सुरक्षा व्यवस्थामा उच्च सतर्कता अपनाइएको छ ।

मंगलवार राति १२ बजेदेखि भारतसित जोडिएको सम्पूर्ण नाका बन्द गरी आवागमन रोकिएको पर्साका प्रमुख जिल्ला अधकारी उमेश ढकालले बताए । जिल्लामा निर्वाचनलाई भयरहित बनाउनका लागि सबै सुरक्षा निकायसँग समवन्य गरी सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाइएको प्रमुख जिल्ला ढकालले जानकारी दिए ।

मतदानस्थलको भौगोलिक अवस्था, अघिल्ला निर्वाचनको गतिविधि, मतदाता सङ्ख्या, स्थानीय नागरिकको अवस्थालाई ध्यानमा राखेर सुरक्षाकर्मी पठाइएको छ ।

पर्सामा स्थानीय तहको निर्वाचन लक्षित जिल्ला प्रशासन कार्यालयबाट इजाजत लिइएका सबै हातहतियार बुझाउन प्रशासन कार्यालयको आग्रह गरे पनि अधिकांशले हातहतियार भने बुझाएका छैनन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी ओमप्रकाश खनालका अनुसार जिल्लामा इजाजत लिएका करीब ५०० हातहतियारमध्ये विभिन्न ठाउँबाट हालसम्म ७७ वटा हात हतियार मात्रै बुझाइएकोे हो ।

जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार इजाजत लिइएकामध्ये करिब ५०० को हाराहारीमा हातहातियार नवीकरण हुँदै आएको तथ्याङ्क छ । इजाजत लिएका ती हतियार प्रायस् सबै एक नाले र दुईनाले बाह्र बोरका रहेका छन् ।

उता आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी बारा जिल्लामा पनि शान्ति सुरक्षाको व्यवस्था चुस्तदुरुस्त पारिएको स्थानीय प्रशासनले जानकारी दिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरी साथै आवश्यकता अनुसार नेपाली सेनालाई परिचालन गरी सुरक्षा व्यवस्थापन मिलाइएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए ।

मतदानस्थलको सुरक्षामा थप सुरक्षाकर्मीको आवश्यकता परे तत्कालै थप सुरक्षा सुरक्षाकर्मी उक्त स्थानमा पुग्नसक्ने गरी मतदानस्थलमा सुरक्षाको व्यवस्थापन मिलाइएको प्रमुख जिल्ला अधिकारी कटुवालले जानकारी दिए । जिल्लाभर कूल ३०३ मतदानस्थल र ५४१ वटा मतदान केन्द्र निर्धारण गरिएको छ ।

यसैबीच आसन्न स्थानीय तहका निर्वाचनका लागि बारा र पर्सा जिल्लामा निर्वाचन गराउन खटिएका सबैजसो कर्मचारी तथा सुरक्षाकर्मी तोकिएको मतदानस्थल र मतदान केन्द्रमा पुग्न थालेका छन् ।

आसन्न स्थानीय तहका निर्वाचनका लागि बारा र पर्सा जिल्लामा निर्वाचन गराउन खटिएका सबैजसो कर्मचारी तथा सुरक्षाकर्मी तोकिएको मतदानस्थल र मतदान केन्द्रमा पुग्न थालेका छन् ।

निर्वाचन आयोगबाट प्राप्त मतपत्र, मत पेटिका र अन्य आवश्यक सामग्रीसहित मतदान केन्द्रमा पुग्ने गरी कर्मचारी खटाइएकामा उनीहरू आ–आफ्नो क्षेत्रमा पुग्न थालेका हुन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button