No Image Headlineदेश

विजयकुमार सरावगीको प्रश्न- महानगरको कराडौं रकम खानेले वीरगञ्जको के विकास गर्छन् ?

Thrill Factory
Rungta Group

वीरगञ्ज महागरपालिकाको मेयर पदका लागि नेकपा एमालेका उम्मेदवार विजयकुमार सरावगीले जसपाका उम्मेदवारले महानगरको करोडौं रुपैया पचाउन खोजेको आरोप लगाउँदै त्यस्ता व्यक्तिलाई मतदाताले ठेगान लागाउनुपर्ने बताएका छन् ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ नगवामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सरावगीले यस्तो बताएका हुन् ।

जसपाका उम्मेदवार राजेशमान सिंहप्रति लक्षित गर्दै उनले भने, ‘जुन मान्छेले महानगरपालिकाको ६/७ करोड रुपैयाँ खाएर बसेको छ, त्यो मान्छे यदि मेयर बन्यो त्यसले वीरगन्जको के विकास गर्छ ? जनताले यो कुरा बुझन जरुरी छ ।

महागरबाट आफ्ना नातेदार र निकटमा मानिसहरुका नामा ठेक्कामा लिए बापत स्वीमीङ पुल र मिना बजार कम्प्लेक्सको करोडौं बक्यौता रकम अहिले सम्म पनि महानगरपालिकालाइ नतिरेको आरोप पनि सरावगीले लगाए । सवारी करको ठेक्कामा मुद्धा हारेपछि तिर्नु पर्ने १ करोड ५० लाख रुपैयाँ पनि अहिलेसम्म नबुझाएको सरावगीको भनाइ थियो ।

महानगर आर्थिक संकटमा हुँदा महानगरको पैसा पचाउने बद्नियत राख्नेहरुबाट वीरगञ्जको विकासको अपेक्षा राख्न नसकिने र भोलिका दिनमा त्यस्ताको हातमा महानगर पुगेमा त्यो प्रवृत्तिले लुट मच्चाउने भएकाले बेलैमा सचेत हुनुपर्ने सरावगीको आग्रह थियो ।

विपक्षीसँग विकासको कुनै एजेण्डा नै नभएको र उनीहरुले बाहुबली र गुण्डागर्दीकै बलमा चुनाव जितिने सपना देखेको बताए । यस्ताबाट बढावा दिनेहरुबाट मतदाता सचेत हुनुपर्ने उनको भनाइ थियो ।

सरावगीले बाहुबल र गुण्डागर्दी मात्र विपक्षी उम्मेदवारको पहिचान भएको आरोप लगाए । ‘विपक्षीहरु जनतालाइ औंला देखाएर भाषण गर्दैछन् , औंला तोडिदिन्छु भन्छन् , भाषण गर्दा पनि बाहुबलीकै शैली अपनाइरहेका छन् ।’ उनले भने । विपक्षीहरुले वीरगञ्जलाई लुट्ने र गुण्डागर्दीलाई बढावा दिने संकल्प लिएको दाबी सरावगीले गरे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button