No Image Headlineदेशमुख्य खबरविशेष

जसपाले आफ्ना कार्यकर्ता लैजाँदा कांग्रेस नेताको मौनता अर्थपूर्ण, सामाजिक सञ्जालमै पोखिन थाल्यो आक्रोश

Thrill Factory
Rungta Group

वीरगञ्जमा पाँच दलीय गठबन्धनबाट मेयर पद आफुनो भागमा पारेको जनता समाजवादी पार्टी (जसपा)ले गठबन्धनकै अन्य दलका कार्यकर्ता आफ्नो दलमा छिराउन थालेपछि गठबन्धनका अन्य दल जसपाप्रति रुष्ट भएका छन् ।

जसपाले पार्टी प्रवेश भन्दै धमाधम नेपाली कांग्रेसका कार्यकर्ता भित्र्याउन थालेको छ । वीरगञ्जमा नेपाली कांग्रेसको बलमा चुनाव जित्ने दाउमा रहेको जसपाले आफ्नै कार्यकर्ता चोर्न थालेपछि कांग्रेसका स्थानीय नेता कार्यकर्ता जसपाको नियतप्रति सशंकित बनेका छन् ।
गठबन्धनबाट वीरगञ्ज महानगरको मेयरमा जसपाका राजेशमान सिंह उम्मेदवार छन् । जसपाले आफुनो पक्षमा माहोल देखाउन कांग्रेसकै कार्यकर्तालाई निशाना बनाएको छ ।

कांग्रेसका कार्यकर्ताहले जसपाको यो रवैयाविरुद्ध सामाजिक सञ्जालमा आक्रोश व्यक्त गर्न थालेका छन् । तर, जिल्लाका जिम्मेवार भनिएका नेताहरु जसपाको यो रवैयाप्रति मौन समर्थन जनाइरहेका छन् ।

कांग्रेसका युवा नेता दिलीपराज कार्कीले जसपाले कांग्रेस कार्यकर्तालाई आफ्नो दलमा लगेकोप्रति असन्तोष व्यक्त गरेका छन् ।
उनले आफुनो फेसबुक वालमा लेखेका छन, ‘होइन हामीले गठबन्धन गरेर जिताइदिनु पर्ने अनि हाम्रै कांग्रेसी साथीलाई गठबन्धनले पार्टी प्रवेश गराउने, यो व्यवहारले घाटा हुन्छ है घाटा, नेता र उम्मेदवारले यसलाई चेतावनी सम्झेर सच्याउन अनुरोध गर्दछु ।’


कार्कीले घुमाउरो पारामा यो गतिबिधिले कांग्रेसको संगठनमात्र कमजोर हुने होइन, गठबन्धनको स्पिरिटमा धक्का लाग्ने संकेत गरेका छन् ।

त्यस्तै कांग्रेस स्थानीय नेता देवप्रकाश पटेलले पनि फेसबुकमा यसबारेमा असन्तोष पोख्दै लेख्छन्, ‘यदि तिमीहरुले भोटरलाई पार्टी प्रवेश गराउन शुरु ग¥यौ भने चुनावको मिति कम्तीमा १ महीना पछि सार्नु पर्दछ ।’

यता कांग्रेस निकट मजदूर नेता जयमंगल कापरले पनि फेसबुक पेजमा भनेका छन्, ‘पर्सा जिल्लामा नेपाली कांग्रेस र जसपाको गठबन्धनमा एकले अर्कोमाथि विश्वास गर्ने वातावरण छैन ।’

वीरगञ्जमा जसपालाई मेयरमा समर्थन गर्न नहुने बताउँदै आएर अन्तिममा पार्टीको शीर्षस्थ निर्णय मान्न बाध्य कांग्रेस कार्यकर्तालाई जसपाको गतिबिधिले थप क्रुद्ध बनाएको छ ।

वीरगञ्जमा तत्कालीन संघीय समाजवादी फोरमले २०७४ सालमा मेयर जिते पनि त्यसयता रानीतिक शक्ति सन्तुलनमा व्यापक फेरबदल आइसकेको छ । वीरगञ्जका कांग्रेसको अवस्था बलियो बनेकाले मेयरमा अरु दलको उम्मेदवारलाई समर्थन गर्न नहुनेमा कांग्रेसका स्थानीय नेतामा मतैक्य थियो ।

वीरगञ्जमा जसपालाई जिताउँदा कांग्रेसको संगठनमा गम्भीर धक्का लाग्ने निश्चित भइसकेको अवस्थामा जसपाले शुरुआतमै कांग्रेसकै कार्यकर्ता आफ्नो दलमा भित्र्याएर कांग्रेसको जरै काट्न उद्यत देखिएको छ, एक कार्यकताले भने ।

गठबन्धनमा रहेर कांग्रेसको मतबाट चुनाव जित्ने सपना देखिरहेको जसपाले कांग्रेसकै संगठनमा धावा बोल्नु बेइमानीको हद भएको कांग्रेसका इमानदार कार्यकर्ताको ठम्याइ छ ।

वीरगञ्जमा कांग्रेसको संगठन एक नम्बरमा रहेकाले कांग्रेसलाई कमजोर पार्नुमै आफ्नो राजनीतिक भविष्य देखेका जसपा केन्द्रीय सदस्यसमेत रहेका पर्सा क्षेत्र नं. १ का सांसद प्रदीप यादव र मेयरका उम्मेदवार राजेशमान अहिले चुनावको माहोलमा जोडतोडले कांग्रेस कमजोर बनाउने खेलमा लागेको चर्चा राजनीतिक वृत्तमा चलिरहेका छ ।

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले पनि यसका आफ्नो जोडबल लगाएकै छन् । वीरगञ्ज उनको राजनीतिक क्षेत्र भएकाले पनि कांग्रेसलाई कमजोर बनाउनुमै उनले आफ्नो राजनीति सुरक्षित देखका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले गठबन्धनको सहमतिमा हस्ताक्षर गर्नुअघिसम्म वीरगञ्जको मेयर आफ्नै भागमा पार्न अन्तिम कसरत गरिरहेका स्थानीय नेताहरुसमेत जसपाको यो गतिबिधिप्रति एक शब्द चुइक्क बोलेका छैनन् ।

यसप्रति कार्यर्ताले खबरदारी गरिहरँदा नेताहरु कानमा तेल हालेर जसपाकै उम्मेदारको घरदैलोमा अघिपछि गर्नुलाई अर्थपूर्ण रुपमा लिएका छन् । कांग्रेस सिध्याउने खेलमा कांग्रेसी नेताहरु नै लागेको भन्दै कार्यकर्ता चिन्तित देखिएको छ ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button