खेल संसार

आईपीएलः हैदरावादलाई हराउँदै चेन्नई विजयी

Birgunj Metropolitan Notice

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा चेन्नई सुपर किङस विजयी भएको छ। चेन्नईले सनराइजर्स हैदरावादलाई १३ रनले पराजित गर्दै तेस्रो जित दर्ता गरेको हो।

चेन्नईले दिएको २ सय ३ रनको लक्ष्य पूरा गर्न नसक्दा हैदरावाद पराजित भएको हो। हैदरावादले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८९ रन मात्र बनाउन सक्यो।

हैदरावादका लागि निकोलस पुरन ६४, कप्तान केन विलियम्सनले ४७ रन बनाउँदा अविषेक शर्माले ३९ रन बनाए। चेन्नईका मुकेश चौधरीले ४ विकेट लिए।

सुरुमा ब्याटिङ गरेको चेन्नईले २० ओभरमा २ विकेट गुमाएर २ सय २ रन जोडेको थियो। उसका लागि रुतुराज गायकवाड ९९ र डेभोन कोन्वेले ८५ रनको अर्धशतकीय इनिङ खेले। हैदरावादका टी नटराजनले २ विकेट हात पारे।

नवौं स्थानमा रहेको चेन्नईले ९ खेलमा ६ अंक जोडेको छ।१० अंकसहित हैदरावाद चौंथो स्थानमा रहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button