नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको १ हजार ६६ पिसिआर परीक्षणका क्रममा ४ जना र १ हजार १ सय ४८ एन्टीजेन परीक्षणका क्रममा १ जनामा कोरोना पुष्टि भएको हो ।
त्यस्तै थप १७ जना कोरोना संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ६ सय २९ जना संक्रमणमुक्त भएका छन् ।
हाल नेपालमा २ सय ३० सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।