No Image Headlineअर्थ

नेपालीको प्रतिव्यक्ति आय डेढ लाख पुग्यो, १० वर्षका सर्वाधिक वृद्धि

नेपालीको प्रतिव्यक्ति आय ५ वर्ष अघि नै १ लाख रुपैयाँ पुगेकोमा चालू आर्थिक वर्षमा आएर पहिलोपटक डेढ लाख रुपैयाँ नाघेको छ ।

तथ्याङ्क विभागले सार्वजनिक गरेको तथ्याङ्कमा चालू आर्थिक वर्षभित्र नेपालीको प्रति व्यक्ति आय १ हजार ३७२ डलर पुगेको छ । तर आजभन्दा ५ वर्ष अघि नै करीब एक लाख २० हजार रुपैयाँ हारहारी रहेको नेपालीको प्रतिव्यक्ति आय बल्ल एक लाख ६७ हजार रुपैयाँ पुगेको विभागको तथ्याङ्क छ ।

आर्थिक वर्ष २०७३/७४ पहिलोपटक १ हजार डलर नाघेको नेपालीको प्रतिव्यक्ति आय ५ वर्षको अवधिमा ३६३ डलर मात्रै बढेको छ ।

२०७४/७५ मा १ हजार १३८ डलर, २०७५/७६ मा १ हजार १५९ डलर, २०७६/७७ मा १ हजार १२६ डलरमा झरेको प्रतिव्यक्ति आय २०७७/७८ मा भने १ हजार १९१ डलर पुगेको थियो ।

चालू आर्थिक वर्षमा भने एकैपटक १८१ डलरले बढेर १ हजार ३७२ डलर पुगेको विभागको दाबी छ ।

यस अघि २०७४/७५ मा एकै पटक १२९ डलर बढेको नेपालीको प्रतिव्यक्ति आय अहिले १८१ डलरले बढ्दा पछिल्लो एक दशककै सर्वाधिक वृद्धि देखिएको छ ।

आर्थिक वर्ष २०६९/७० मा ८१४ डलर रहेको नेपालीको प्रति व्यक्ति आय एक दशकमा ५५८ डलर बढेको छ । यो भनेको नेपाली रुपैयाँ ६० हजार हाराहारी हो । अर्थात नेपालीको प्रति व्यक्ति आम्दानी वार्षिक औषत ६ हजार रुपैयाँ भन्दा धेरै बढ्न सकेको छैन ।

दशक अघि अमेरिकी डलरको भाउ ८० देखि ९० रुपैयाँको बीचमा रहेको थियो । अहिले भने यो १२० रुपैयाँ भन्दा माथी छ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button