अन्तराष्ट्रिय
युक्रेन युद्धमा हस्तक्षेप गर्नेलाई बिजुलीको गतिमा प्रतिक्रिया दिने रुसी राष्ट्रपतिको चेतावनी

युक्रेन युद्धमा हस्तक्षेप गर्न खोज्ने कुनै पनि देशले ‘बिजुलीको गतिमा’ प्रतिक्रियाको सामना गर्नुपर्ने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चेतावनी दिएका छन्।
“हामीसँग सबै खाले उपकरण छन्, त्यसैले कसैले घमण्ड गर्न गर्नुपर्दैन… आवश्यक भएमा हामी तिनीहरूको प्रयोग गर्नेछौँ,” उनले भने।


उनको उक्त भनाइलाई बलिस्टिक क्षेप्यास्त्र र आणविक हतियारहरूसँग जोडेर हेर्न सकिने बताइएको छ। युक्रेनका सहयोगी देशहरूले हतियारको आपूर्ति बढाएका बेला पुटिनको यस्तो चेतावनी आएको हो।
अमेरिकासहित अन्य देशले रुसलाई पराजित गर्ने सुनिश्चित गर्ने वाचा गर्दै युक्रेनलाई सैन्य सहायता दिइरहेका छन्। पश्चिमा अधिकारीहरूले युक्रेनको पूर्वी क्षेत्रमा जारी रुसी विस्तारको प्रयासमा आफूहरूले बाधा पुर्याएको बताएका छन्।