देश
उम्मेदवारको नामावली आज साँझ प्रकाशन गरिने

स्थानीय तह निर्वाचनका लागि मनोनयन भएका उम्मेदवारको नामावली आज प्रकाशन गरिने भएको छ ।
१२ र १३ वैशाखमा दर्ता भएका मनोनयनविरुद्ध परेको उजुरीमा निर्वाचन आयोगले जाँचबुझ गरिरहेको छ। उजुरी उपर कारवाही गर्ने नगर्ने निर्णय गरी आज साँझ ६ बजे नामावली प्रकाशन गर्ने तालिका छ ।


निर्वाचन आयोगका अनुसार पर्सि १७ गते मात्रै उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने छ ।
७५३ स्थानीय तहमा ३५ हजार २ सय २१ पदका लागि साढे १ लाख ५२ हजार ४६५ जनाले उम्मेदवारी दिएका छन् ।