खबर फटाफटदेश

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

Thrill Factory
Rungta Group

म्याग्दी  जिल्लाको मालिका गाउँपालिका–६ बाङ्गेपहिरोमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दरवाङदेखि बाबियाचौरतर्फ जाँदै गरेको ग९प ७४७ नम्बरको मोटरसाइकल आज बिहान ३ बजे दुर्घटना हुँदा मालिका गाउँपालिका–५ गरजराका २३ वर्षीय भविन्द्र किसानको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिए।

मोटरसाइकलको पछाडि सवार मङ्गला गाउँपालिका–२ का २५ वर्षीय सन्तोष किसानलाई सामान्य चोट लागेको छ ।

मोटरसाइकल सडकबाट करिब १०० मिटर तल खसेको थियो । उक्त सडकखण्डमा हाल सडक स्तरोन्नतिको काम भइरहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button