No Image Headlineदेश

गठबन्धनमा गञ्जागोल : कतै बागी, कतै नयाँ समीकरण

प्रमुख प्रतिपक्षी दल एमालेलाई एक्लाउन सरकारमा रहेका पाँच दल गठबन्धन बनाएर स्थानीय तह निर्वाचनमा जाने सहमति गरे पनि जिल्ला(जिल्लामा गठबन्धन भत्किन थालेको छ।

कतै गठबन्धनमा ठुला दल नेपाली कांग्रेस र माओवादीबिच मात्र सहमति भएको छ त कतै माओवादी र एकीकृत समाजवादीबिच मात्र गठबन्धन भएको छ।

शीर्ष नेताहरूले सहमति गरेको महानगर र उपमहानगरमा समेत सहमति कायम गर्न सकस भइरहेको छ। शीर्ष नेताहरूले सहमति गराउने प्रयास गरेका छन्। तर गठबन्धनका दलभित्रै एकले अर्कालाई कर्नरमा पार्ने रणनीति बन्न थालेपछि शीर्ष नेताहरू नै यथासम्भव सहमति गर्ने निचोडमा पुगेका छन्।

पोखरामा मेयर एकीकृत समाजवादीलाई र उपमेयर कांग्रेसलाई दिने सहमति कार्यान्वयन हुन सक्ने देखिए पनि वडा तहमा भने एक्ला(एक्लै प्रतिस्पर्धा हुने भएको छ।

कांग्रेस जिल्ला समितिले ३३ वडामै मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय गरेको छ। मेयरमा पनि बागी उम्मेदवारी परिसक्यो। ललितपुरमा कांग्रेस र माओवादीले नगरपालिका बाँडेपछि एकीकृत समाजवादीले महानगरको मेयर र उपमेयरमै उम्मेदवारी दियो।

एसले महालक्ष्मी नगरपालिका र महाकाल गाउँपालिकाको नेतृत्व मागे पनि सहमति भएन। एसबाट मेयरमा हरिकृष्ण थापा र उपमेयरमा उषा बज्राचार्यले उम्मेदवारी दर्ता गराए। सहमति अनुसार मेयर कांग्रेसको हो।

प्युठानमा एमाले र जनता समाजवादी पार्टीबिच चुनावी तालमेलको सहमति भएको छ। गठबन्धनमा अन्य दलसँग तालमेल नगर्ने भने पनि जिल्ला नेतृत्वबिच सूर्य चिन्हबाटै उम्मेदवार बन्ने सहमति भयो।

सल्यानमा माओवादीले एकल उम्मेदवारी दर्ता गरेको छ। बागलुङको जैमिनी नगरपालिकाको उपप्रमुख कांग्रेसले पाए पनि राष्ट्रिय जनमोर्चाकी नेतृ रुद्राकुमारी रोका क्षेत्रीले बागी बनेर स्वतन्त्र उम्मेदवारी दिइन्।

काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा माओवादी र एकीकृत समाजवादीको गठबन्धन बनेको छ। उता झापाको कचनकवलमा कांग्रेस(एमाले गठबन्धन बनेको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button